नेपालको भूसामरिक हैसियत : विगत र वर्तमान

Authors

  • झमक प्रसाद शर्मा

DOI:

https://doi.org/10.3126/unityj.v2i0.38839

Keywords:

इण्डोप्यासिफिक रणनीति, एक पाटो एक बाटो, एक सडक, कूटनीति, खम्पा काण्ड, ट्रान्जिट देश, ट्रान्सिहमालय इकोनोमिक ग्रोथ रिजन, ट्रान्सिहमालयन कोरिडोर, ; ब्रिक्स् राज्य, बेल्ट, बेल्ट एण्ड रोड इनिसियटिव, भूसामरिक हैसियत, राष्ट्रिय सुरक्षा, रेशम मार्ग, हिमवत्खण्ड

Abstract

प्रस्तुत लेखमा नेपालको भूसामरिक हैसियत र त्यसको व्यवस्थापन पक्षलाई ऐतिहासिक परिप्रेक्ष्यबाट लेखाजोखा गर्दै वर्तमान विश्वमा आफ्नो भू सामरिक हैसियतबाट लाभान्वित हुन नेपालले के कस्ता रणनीति अवलम्वन गर्नु फलदायक हुन्छ भन्ने कुराको विश्लेषण गर्ने काम भएकोछ । यसमा विश्लेषणात्मक र विवेचनात्मक पद्धतिको प्रयोग गरिएको छ । कुनै देशको भौगोलिक अवस्थितिले त्यस देशको आत्मरक्षा, कूटनीति, परराष्ट्र नीति, राष्ट्रनिर्माण, राष्ट्रियता निर्माण, संस्कृति र सभ्यता निर्माण तथा आर्थिक विकासमा राख्ने तादात्म्यता नै भूसामरिक हैसियत हो । अनुकूल भूसामरिक हैसियत भएको कारणले नेपाल अनादिकाल देखि आफ्नो भौगोलिक अखण्डता र स्वाधीनताको रक्षा गर्न समर्थ भएको छ । इतिहासको कालखण्डमा समय समयमा नेपालमा हुने गरेका दर्जनौं बाह्य आक्रमणहरुलाई नेपालले अनुकूल भूसामरिकताबाट आर्जित वीरता र रणकौशलताको उपयोग गरेर विफल बनाइदियो । आर्य, खस, मंगोल,द्रविढ लगायतका समुदायहरु भएको मिश्रित समाज भएर पनि सबै समुदायले यहांको भूसामरिकतालाई आत्मसात् गरी आपसी सद्भावना र सामन्जस्यपूर्णमौलिक संस्कृतिको विकास गरेकाले नेपालीपनको आत्मीय भावना भएको राष्ट्रियता निर्माण भई सुदृढभएको छ । चीन र भारत दुई ठूला राष्ट्रका बिचको अवस्थितिले गर्दा नेपालको भूसामरिक हैसियतले तीदुबैको सुरक्षा संबेदनशीलतासँग पनि सरोकार राख्ने भएकाले उनीहरु नेपालप्रति भूसामरिक अभिरुची राख्ने गर्दछन् । तसर्थ उनीहरुलाई सुरक्षाको प्रत्याभूति दिंदैमित्रतालाई सुदृढ बनाई विकास र आपसी सहयोगमा सहकार्य गर्नु समयको माग रहेको छ । छिमेकीको अलावा अन्य मुलुकहरुसंग पनि असंलग्नता र पञ्चशीलको सिद्धान्तको अनुसरण गर्दै मैत्री सम्बन्ध कायम गरी अन्तर्राष्ट्रिय सहयोग र सहकार्य जारी राख्नुपर्छ । नेपाल फरक–फरक राजनैतिक प्रणाली भएका दुईठूला मुलुकको बिचमा रहेकाले ती मुलुकहरुले राख्ने राजनैतिक चासोबाट केही न केही प्रभावित हुने सम्भावना रहनाका साथै नेपालको अनुकूल भूसामरिक हैसियत भएकै कारणले कतिपय शक्ति राष्ट्रहरूले यसलाई आफ्नो स्वार्थका लागि प्रयोग गर्न सकिन्छकि भन्ने अभिलाषा राख्ने सम्भावना पनि रहन्छ । तथापि नेपालीहरूको सामरिक स्वावलम्बन, देशभक्ति अनि राष्ट्रिय अखण्डतालाई प्राणभन्दा प्यारो मान्ने भावनाका कारणले नेपालमा परचक्रीहरूले नकारात्मक गतिविधिका लागि कुनै पनि स्थान पाएका छैनन् र पाउनु पनि हुँदैन । विगतमा भूसामरिक हैसियतलाई युद्ध र प्रतिरक्षासँग मात्र जोडेर हेर्ने गरिएकोमा अबको वर्तमान विश्वमा युद्धको कुनै औचित्य नरहेकाले विकास र समृद्धिका लागि सहकार्य गर्न भूसामरिक हैसियतको उपयोग गर्नु नितान्त आवश्यक छ । यातायातको विस्तार, प्रचुर जलस्रोत र जलविधुतको व्यापक परिचालन, पर्यटन प्रवद्र्धन जस्ता कुराहरु हाम्रा उच्च प्राथमिकताका विषयहरु हुन । यसका लागि नेपालले दुवै छिमेकी मुलुकहरुसँग सम्यक कूटनैतिक सु सम्बन्ध, छिमेकी मित्रराष्ट्रहरूको भूसामरिक अभिरुचिलाई कुटनैतिक र सन्तुलित सम्बोधन, चीनले ल्याएको बीआर आई अवधारणाको अवलम्बन, अमेरिकासँग सम्पन्न भएको एम.सी.सी सम्झौताको कार्यान्वयन समेतका माध्यमबाट नेपालले आफ्नो भूसामरिक हैसियतलाई विकास, समृद्धि र अन्तर्राष्ट्रिय भाइचाराका लागि मात्रप्रयोग गर्नु समयको माग रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
108
PDF
116

Downloads

Published

2021-08-03

How to Cite

शर्मा झ. प. (2021). नेपालको भूसामरिक हैसियत : विगत र वर्तमान. Unity Journal, 2, 303–316. https://doi.org/10.3126/unityj.v2i0.38839

Issue

Section

Articles