दिगो विकास र राष्ट्रिय सुरक्षा

Authors

  • हंसावती कुर्मी

DOI:

https://doi.org/10.3126/unityj.v2i0.38854

Keywords:

दिगोविकास, राष्ट्रियता, सकारात्मक सोच, प्राकृतिक सम्पदा, विविधता

Abstract

भौगोलिक विविधता नेपालको विलक्षण विशेषता र सुन्दर पक्ष हो । यहि विविधता विविध समयमा दिगो विकास र राष्ट्रको सुरक्षामा चुनौती बनेर उभिएको पाइन्छ । वर्तमान समयमा राष्ट्रिय सुरक्षालाई व्यवस्थित बनाउने आधार बनेको छ नेपालको दिगो विकास । देशभित्र गरिने विकासका कामहरु दिगो नहुन्जेलसम्म देशवासी र राष्ट्रिय सुरक्षाले विभिन्न किसिमका समस्याहरु सामना भोग्नुपरेको छ । देश र जनताको सुरक्षामा दिगो विकासको अग्रगामी भूमिका रहन्छ । दिगो विकाससँग जातीय विविधताको सीप, दक्षता,क्षमता र राज्यको सुरक्षा जोडिएको हुन्छ । कुनै पनिदेशको जनताले राष्ट्रिय सुरक्षाको अभावमा आफू र आफ्नो समुदायका ज्ञान, उद्यम र अभ्यासलाई भरपुर रुपमा राज्य सामु दिएको देख्न सकिन्न । दिगो विकासर राष्ट्रको सुरक्षामा जनता र राष्ट्रका बिचमा सुमधुर सम्बन्ध जोडिएको हुन्छ । यस्तो स्थितिमा सैनिक–नागरिक सुदृढ सम्बन्ध हेर्न पाइन्छ । दिगो विकासको अवधारणाले देशको भूगोल, जातजाति, वर्ग, लिङ्ग,भाषा, संस्कृति, धर्म, रीतिरिवाज, परम्परागत ज्ञान,सीप र कलाको विकासलाई दर्साउछ । यस लेखमा राज्यमा भएको जातिय विविधिता, ज्ञान, सीप, रक्षमताका माध्यम द्धारा दिगो विकास र राष्ट्रिय सुरक्षाकाबिचमा अन्तरसम्बन्ध किन, कसरी र के छ ? भन्ने बिषयलाई दर्साउन खोजिएको छ । गुणत्मक मद्धतिमालेखिएको यस लेखमा दिगो विकासमा जनताले कसरीअपनत्वको महसुस गर्छन ? अपनत्वले जनतालाई किनर कसरी जिम्मेवारीको बोध गराउँछ ? जनतामा एकआपसमा सकारात्मक सोच कसरी विकास गराउछ ?दिगो विकासले कसरी राष्ट्रहित र राष्ट्रिय सुरक्षालाईएक ढिक्कामा जोड्छ ? भन्ने प्रश्नहरुका सन्दर्भमा दिगोविकासले भौतिक संरचना मात्र निर्माण हुदैन, यसले देशको ऐतिहासिक, सामाजिक, आर्थिक, साँस्कृतिक अवस्थालाई समेत बलियो बनाउछ । दिगो विकासले राष्ट्रिय सुरक्षामा महत्वपूर्ण भूमिका खेल्दै देशलाई समृद्ध र सुरक्षित बनाउँछ भन्ने निष्कर्ष यस लेखमा निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
152
PDF
235

Downloads

Published

2021-08-03

How to Cite

कुर्मी ह. (2021). दिगो विकास र राष्ट्रिय सुरक्षा. Unity Journal, 2, 360–372. https://doi.org/10.3126/unityj.v2i0.38854

Issue

Section

Articles