मधेशमा नागरिक-सैनिक सम्बन्धको नविकरण (Renewal of civil-military relations in Madhes)

Authors

  • राकेश प्रसाद चौधरी

Keywords:

नेपाल, सेन राज्य, मिर काशिम, गोरखाली सेना, इष्ट ईन्डिया कम्पनि

Abstract

यो अनुसन्धान अन्वेषणात्मक एवं विश्लेषणात्मक ढाँचामा आधारित छ । यो अध्ययनको क्षेत्र हालको महोत्तरी केन्द्रित गरिएको छ।पूराना दस्तावेज अध्ययन, सरोकारवालासहितको अन्तर्वार्ता, नागरिक र सेनाको सम्बन्ध झल्किने स्थलहरुको अवलोकन सहितको जानकारीसँगै तत्कालिन समयमा कम्पनीको सेनालाई असहयोग गर्ने नागरिकहरूबारेको जानकारी समेट्ने प्रयास गरिएको छ।यी सहयोगीहरूको नाम इतिहासको पानामा लिपीबद्ध गर्न यो अध्ययनले सहयोग पुयाँउनेछ । यस अध्ययनको लागि दस्तावेज अध्ययन, सरोकारवालाको अन्तर्वार्ता र स्थलगत अवलोकन विधिको प्रयोग गरिएको छ।नेपालको मधेश प्रदेशका यी क्षेत्रहरु तत्कालिन गोर्खा राज्यमा समावेश भएदेखि हालसम्म सेना र नागरिकबीच कायम भएका महत्वपूर्ण सम्बन्ध र भविष्यमा हुन सक्ने सम्बन्ध विस्तारका उपायहरू यस अध्ययनमा प्रस्तुत गरिएको छ । राजा पृथ्वीनारायण शाहको गोर्खाली सेनासँग सिन्धुलीमा युद्ध लड्न सन् १७६७ मा आएका इष्ट इन्डिया कम्पनीको सेनालाई तत्कालिन महोत्तरी प्रदेशका नागरिकहरूले असहयोग गरि तत्कालिन राज्यका संयन्त्रसँग विस्तार गरेको नागरिक सैनिक सम्बन्ध हालसम्म कायम छ।नेपाल राज्यमा गाँभिएको तत्कालिन सेन राज्यको महोत्तरी प्रदेश हाल मधेश प्रदेशमा पर्छ । अहिलेको अवस्थामा नेपाली सेनाले बाढी, आगलागी, भुकम्पलगायतका विपद्मा नागरिकको उद्धार , स्वास्थ्य शिविरहरू संचालन , पुरातात्विक स्थलहरूको संरक्षणमा नागरिकसँगको सहकार्यको गर्दै आएको छ।यी कार्यहरूबाहेक यस क्षेत्रका नागरिकबाट सेनासँग जिल्लामा स्थायी शिक्षण अस्पताल तथा शिक्षण संस्थान, प्राविधिक शिक्षालय, पुरातत्वस्थलको पुनर्निमाण, प्राचिन सामग्री तथा दस्तावेजहरूको संग्रहालय निर्माणमा सहकार्यको लागि सुझाव आएका छन् । त्यही यस क्षेत्रका जनताले राष्ट्रिय सुरक्षामा असर गर्ने बिदेशी घुसपैठ रोक्न सेनालाई सघाउने प्रतिबद्धता जनाएका छन्।औपचारिक मार्गबाहेक भारतसँगको खुल्ला सिमानाका कारण मधेश प्रदेशको विभिन्न मार्ग भएर आउने तेस्रो मुलुकका संकास्पद नागरिकहरूबारे सेनासँग निरन्तर सहकार्य गर्न यहाँका नागरिक तयार देखिएका छन् । अन्वेषणात्मक एवं विश्लेषणात्मक ढाँचामा आधारित यस अनुसन्धानले अंग्रेज सैनिक किर्तिपुरका राजा जयप्रकाश मल्ललाई सहयोग गर्न सेन राज्यमा प्रवेश गर्दादेखि नै असहयोग भोग्न थालेका थिए।तत्कालिन महोत्तरी राज्यका बासिन्दाको असहयोग,बर्षा र बाढी र भौगोलिक बिकटताको कारण अंग्रेज सैनिकलाई गोर्खाली सेनाले परास्त गरेका थिए।यही युद्धले यस क्षेत्रलाई नेपालीकरण हुन मद्दत गरेको हो ।

Abstract
215
PDF
0

Downloads

Published

2022-03-06

How to Cite

मधेशमा नागरिक-सैनिक सम्बन्धको नविकरण (Renewal of civil-military relations in Madhes). (2022). Unity Journal, 3(01), 364-374. https://doi.org/10.3126/unityj.v3i01.43338

Issue

Section

Articles

How to Cite

मधेशमा नागरिक-सैनिक सम्बन्धको नविकरण (Renewal of civil-military relations in Madhes). (2022). Unity Journal, 3(01), 364-374. https://doi.org/10.3126/unityj.v3i01.43338