विश्वव्यापीकरण र यसका सुरक्षा चुनौती तथा निराकरणका उपायहरु {Globalization and its security challenges and solutions}

Authors

  • भावना Bhawana पौडेल Poudel Post Graduate in Finance, Nepal Commerce Campus

DOI:

https://doi.org/10.3126/unityj.v4i01.52263

Keywords:

विश्वव्यापीकरण, Globalization, कृत्रिम बौद्धिकता, artificial intelligence, आतङ्कवादी गतिविधि, terrorist activity, विश्लेषणात्मक, analytics

Abstract

सामान्यत: विश्वव्यापीकरण भन्नाले उत्पादन, पूँजी, प्रविधि, श्रम तथा संस्कृतिको विश्वस्तरमा हुने आवागमन वा एकीकरणलाई बुझिन्छ । वि.सं.२०४६ को राजनीतिक परिवर्तनपछि नेपालमा उदारीकरण, निजीकरण हुँदै विश्वव्यापीकरणको विकाससँगै सूचना तथा सञ्चार प्रविधिको सर्वसुलभताको फड्कोले आपराधिक दायरा दिनप्रतिदिन बढ्दै गएको छ । एक पक्षबाट हेर्दा विश्वव्यापीकरणमार्फत विश्व स्वतन्त्र अर्थतन्त्रले लाभान्वित भएको देखिन्छ भने अर्को पक्षबाट हेर्दा कृत्रिम बौद्धिकता ,साइबर सुरक्षा, संगठित अपराध, आतङ्कवादी गतिविधि, जलवायु परिवर्तन, वातावरणीय असन्तुलन र शरणार्थी समस्याहरू पनि ज्यूँका त्यूँ छन् । जसले राष्ट्रिय सुरक्षालाई चुनौती दिएको पाइन्छ । मानवको बौद्धिक क्षमतामा ह्रास ल्याई मानवसभ्यताको विनाशतर्फ अभिप्रेरित भएको हुँदा सम्पूर्ण सुरक्षाका क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष असर पुग्न गएको विषयलाई गम्भीर रुपमा लिइनु पर्दछ । राष्ट्रिय सूचना प्रविधि नीति २०६७ ले सूचना प्रविधिको विकास र उच्चतम उपयोगको नीति लियो । विद्युतीय कारोबार ऐन २०६३ को विद्युतीय सूचना प्रयोगको अधिकारलाई राष्ट्रले आफ्ना प्रविधि सम्बन्धी नीतिनियमको पकड बलियो बनाई सुरक्षाका आयामलाई प्राथमिकता दिंदै चुनौती समाधान गर्न सक्दछ । यस लेखमा विश्वव्यापीकरणले कुनै पनि राष्ट्रिय तथा अन्तरराष्ट्रिय सुरक्षाको अवस्था कस्तो छ ? यसका चुनौतीहरू के के हुन्? जस्ता प्रश्नहरूमा केन्द्रित हुँदै विश्वव्यापीकरणले निम्त्याएका सुरक्षा चुनौतीहरू औंल्याई निराकरणका उपायहरूबीचको सम्बन्ध जस्ता विषयलाई मुख्य आधार बनाइएको छ । सामाग्रीहरूको संकलन गर्न प्राथमिक तथा द्वितीय स्रोत सामग्रीहरूलाई वर्णनात्मक, विश्लेषणात्मक शोधविधिको अबलम्बन गरी लेखलाई पूर्णता प्रदान गर्ने प्रयास गरिएको छ । नेपालले शान्तिपूर्ण आग्रहद्वारा विगत तथा वर्तमानमा विभिन्न सुरक्षासम्बन्धी आन्तरिक एवम् बाह्य समन्वय नीति अघि सार्दै आएको छ । अन्तमा विश्वव्यापीकरणले निम्त्याएका सुरक्षा चुनौतीहरू तथा निराकरणका उपायहरू सम्बन्धी प्रस्तुत लेखलाई गोरेटोमार्गका रुपमा लिन सकिन्छ । {In general, globalization refers to the global movement or integration of production, capital, technology, labor and culture. After the political change of 2046 in Nepal, along with the development of globalization through liberalization and privatization, the criminal scope is increasing day by day due to the leap of accessibility of information and communication technology. On the one hand, the free economy of the world through globalization seems to have benefited, on the other handArtificial intelligence, cyber security, organized crime, terrorist activities, climate change, environmental imbalance and refugee problems are also there. Which is a challenge to national security. As it is aimed at the destruction of human civilization by reducing the intellectual capacity of human beings, the issue of direct and indirect impact on the entire security sector should be taken seriously. The National Information Technology Policy 2067 took the policy of development and maximum utilization of information technology. The nation can solve the challenge of the right to use electronic information under the Electronic Transactions Act 2063 by strengthening the grip of its technology-related policies and giving priority to the security dimension. In this article, what is the situation of any national and international security due to globalization? What are its challenges? By focusing on such questions, the relationship between the security challenges caused by globalization and the solution measures has been made the main basis. An effort has been made to provide completeness to the article by adopting descriptive and analytical research methods to collect the materials from the primary and secondary source materials. Nepal has been promoting internal and external coordination policies related to various security issues in the past and present through peaceful appeals. In the end, the presented article regarding the security challenges caused by globalization and the solutions can be considered as a guide.}

Downloads

Download data is not yet available.
Abstract
45
PDF
31

Downloads

Published

2023-02-15

How to Cite

पौडेल Poudel भ. B. (2023). विश्वव्यापीकरण र यसका सुरक्षा चुनौती तथा निराकरणका उपायहरु {Globalization and its security challenges and solutions}. Unity Journal, 4(01), 385–398. https://doi.org/10.3126/unityj.v4i01.52263

Issue

Section

Articles