नेपाल देशको अस्तित्वको आधारस्तम्भ–नेपाली सेनाः एक ऐतिहासिक सिंहावलोकन

Authors

  • राजाराम सुवेदी

DOI:

https://doi.org/10.3126/unityj.v5i1.63165

Keywords:

अराजक, सुब्यबस्था, अनर्गल, झराले सेना

Abstract

संसारका प्रत्येक देशको निर्माणार्थ आ–आफ्नो राष्ट्रिय सेनाको संरचना गरिएको हुनाले त्यस देशको समृध्दिमा सेनाको अहम् भूमिका रहेको हुन्छ । सेना विनाको स्वतन्त्र देश सोच्नु बहना विनाको डुँगाले सागर तर्ने प्रयास गर्न खोज्नु जस्तै मानिन्छ । प्रत्येक देश संरचनाको इतिहासमा बलिष्ठ र सङ्गठित सेनाको दिग्विजयका घटनाहरुको फिहरिस्त र भूमिका रहेको हुन्छ किनकि सेनाको संलग्नताबिना कुनै देशको संरचनादेखि ऐतिहासिक घटनाको प्रशङ्ग कमै पाउन सकिन्छ । सेनाको प्रबन्ध तथा परिचालन केवल मानव सभ्यताको आरम्भबाट मात्र नभई देवी–देवताकै पालादेखि हुादै आएको पाइन्छ । किनभने देवताको युध्द बारम्बार दैत्य या असुरसाग भई आएको वर्णन पुराणहरुमा यत्रतत्र उल्लेख गरिएको छ । त्यति बेलाबाटै मायाबी युध्दबाहेक सेना ४ प्रकारका भएको बताइन्छ ः स्थल सेना, जल सेना, अश्वारोही सेना/रथारोही सेना र गजारोही सेना । पुराणकालमा लेखिएका घटना र आख्यानहरुमा देवताका सेनाको नेतृत्व या त श्रीस्कन्दकुमारले या त श्रीगणेशले गरेको पाइन्छ । देवासुर सङ्ग्राममा देवताको नेतृत्व श्रीषडानन कुमारले र श्रीगणेशले पालै पालो गरेका आख्यानहरु श्रीस्कन्द पुराण केदार खण्डको श्री स्वस्थानी ब्रतकथामा साह्रै प्रचलित छन् । श्रीगणेशलाई गणपति भनी स्तुति गर्दा “सङ्ग्रामे शङ्केटश्चैव बिघ्नस्तस्य नजायते”(अथवाः युद्ध, शड्कट र बिघ्नबाधा परेका बेलामा श्री गणेश देवताले रक्षा गरुन्) भन्ने श्लोकको आशयबाट श्री गणेश देवता सेना प्रमुख भएको स्पष्ट बुझिन्छ । वर्तमानकालमा पनि ४ किसिमका सेना भन्नाले पैदल सेना, यान सेना (गाडा, बग्गी, हौदा, मोटर, लहरी, रेल ), वायुयान सेना र जल सेना (युध्दपोत) आदिलाई जनाउाछ । तापनि सेना प्रायः तीन प्रकारको हुन्छ ः जलसेना, स्थलसेना र नभसेना ।

Downloads

Download data is not yet available.
Abstract
28
PDF
17

Downloads

Published

2024-03-25

How to Cite

सुवेदी र. (2024). नेपाल देशको अस्तित्वको आधारस्तम्भ–नेपाली सेनाः एक ऐतिहासिक सिंहावलोकन. Unity Journal, 5(1), 379–391. https://doi.org/10.3126/unityj.v5i1.63165

Issue

Section

Articles