युवालाई राष्ट्रप्रति समर्पित बनाउन राष्ट्रिय सेवा दल : ऐतिहासिक सिंहावलोकन

Authors

  • गोविन्द मरासिनी Freelance Journalist/Researcher

Keywords:

राष्ट्रिय सेवा, युवा, अनुशासित, तालिम

Abstract

गौरवमय इतिहास बोकेको नेपाली सेना सदैव नेपाल र नेपाली जनताको रक्षक बनेर उभिएको छ । नेपालको संविधानप्रदत्त अधिकारलाई आत्मसात् गर्दै सुरक्षा, विपद् व्यवस्थापन, विकास निर्माण, प्राकृतिक सम्पदा संरक्षण, खेलकुदको विकास, विश्वशान्ति स्थापना र विविध कल्याणकारी कार्यमा आफ्नो जिम्मेवारी इमान्दारितापूर्वक पूरा गर्दै आएको छ । यसका अतिरिक्त अनुशासित, बफादार र देशको भावी नेतृत्व लिन सक्ने युवापिंढीलाई देशभक्त र राष्ट्रप्रति समर्पित बनाउनका लागि दक्ष जनशक्ति तयार गर्ने कार्यमा नेपाली सेनाले राष्ट्रिय सेवा दल (रा.से.द.) मार्फत् अतुलनीय योगदान पुर्‍याइरहेको छ । राष्ट्रको पहरेदारका रूपमा रहेका युवा वर्गमा राष्ट्रिय एकता तथा वफादारिताको भावना जागृत गराई अनुशासित, कर्तव्यपरायण, तालिम प्राप्त जनशक्ति तयार गरी राष्ट्रको सर्वाङ्गीण विकासमा सहयोग पुर्‍याउने कार्यमा राष्ट्रिय सेवा दल सदैव तल्लीन रहेको छ । यस लेखमा राष्ट्रिय सेवा दलले राष्ट्रप्रति समर्पित युवालाई दिएको तालिमबारे विस्तृतमा जानकारी दिँदै युवालाई अनुशासित, संस्कारी र नैतिकवान बनाउन सेवा दलले गरेको लगानी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याएको योगदान र भूमिकाबारे चर्चा गरिएको छ । यो लेख राष्ट्रिय सेवा दलमा आवद्ध भई तालिम लिनुभएका युवापिंढीलाई राष्ट्रप्रति बफादार बनाउन र सेवा दलले इतिहासदेखि आजसम्म गरेका सबै कार्यको खोज अनुसन्धानमा केन्द्रित रहेको छ । रा.से.द.ले आफ्नो कार्य सम्पन्न गर्नका लागि के–कस्ता समस्या र चुनौतीहरू भोग्नुपरेको छ ? ती र त्यस्ता समस्या, चुनौतीहरूको उजागर गर्दै समाधानका उपायहरुका बारेमा सुझाव दिने प्रयास यस लेखको रहेको छ । लेख तयार पार्नका लागि नेपाली सेना, राष्ट्रिय सेवा दलका आधिकारिक वेबसाइट, सम्बन्धित विभिन्न पुस्तक, बुकलेट र लेखरचनाको पर्याप्त अध्ययन गरी परिमाणात्मक र गुणात्मक (मिश्रित) विधिको अवलम्बन गरिएको छ । यसका साथै लेखको विषयवस्तुसँग सम्बन्धित दिग्गज व्यक्तित्व, सेवा  दलका पूर्व निर्देशक, सेनाका अधिकृतहरू, प्रवक्ता र सूचना अधिकारीहरूसँग सम्बन्धित विषयमा आवश्यक जानकारी र तथ्याङ्क संकलन एवं अध्ययन पश्चात् यो लेख तयार पारिएको छ ।

Abstract
230
pdf
29

Downloads

Published

2025-02-25

Issue

Section

Articles

How to Cite

मरासिनी ग. (2025). युवालाई राष्ट्रप्रति समर्पित बनाउन राष्ट्रिय सेवा दल : ऐतिहासिक सिंहावलोकन . Unity Journal, 6(1), 373-388. https://doi.org/10.3126/unityj.v6i1.75704