नेपाली सेनाको अपरेशनल तहमा प्रत्यादेशको अभ्यास
DOI:
https://doi.org/10.3126/unityj.v7i1.90486Keywords:
अपरेशनल तह, अनुभव, अनुभूति, प्रत्यादेश, समयसापेक्ष, नेतृत्व, व्यवस्थापन, रणनीतिक, अनुसन्धानAbstract
यस अध्ययनको उद्देश्य नेपाली सेनाको अपरेशनल तहमा प्रत्यादे श सम्बन्धी रथीवृन्द तथा अधिकृतहरूको व्यक्तिगत अनुभव र अभ्यासहरूको विस्तृत अध्ययन गरी विश्लेषण गर्नु हो । यस अध्ययनलाई मुख्यतया दुई प्रश्नहरू (क) नेपाली सेनाकोअपरेशनल तहमा प्रत्यादेश सम्बन्धी रथीवृन्द तथा अधिकृतहरूको कार्यान्वयनमा व्यक्तिगत अनुभव र अनुभूति के के छन् ? र (ख) अपरेशनल तहमा प्रत्यादेशको अभ्यास गर्दा प्रमुख चुनौतीहरू र तिनका समाधानका उपायहरू के के छन् ? मा केन्द्रित रही अध्ययन गरिएको छ । अनुसन्धानमा गुणात्मक पद्धति अवलम्बन गरी उद्देश्यपूर्ण नमूना छनौटद्वार अपरेशनल कमाण्डमा प्रत्यक्ष अनुभव भएका व्यक्तिहरूसँग अन्तवार्ता र केन्द्रित समूह छलफल मार्फत तथ्य संकलन गरि एको छ । यस अध्ययनले अपरेशनल तहमा प्रत्यादेशको अभ्यासको सुधारका लागि आवश्यक नीतिगत तथा समग्र व्यावसायिक क्षमता अभिवृद्धि सम्बन्धी अत्यावश्यक सुझावहरू प्रस्तुत गरेको छ । साथै , नेपाली सेनाको समग्र अपरेशनल कमाण्ड प्रणालीलाई समयसापेक्ष थप प्रभावकारी र सुदृढ बनाउन रणनीतिक मार्गदर्शन गरेको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
The articles rest within the authority of the Nepali Army. Only with the Nepali Army's prior permission, can any article in whole or in part from this journal shall be reproduced in any form.