नेपालको एकीकरणदेखि आधुनिक संकटसम्म नेपाली सेनाको भूमिका
DOI:
https://doi.org/10.3126/unityj.v7i1.90488Keywords:
नेपाली सेना, संकट, एकीकरण, भूकम्प, कोरोना महामारी, नागरिक–सैनिक सम्बन्धAbstract
नेपाल एकीकरण, नेपाल-भोट युद्ध, नेपाल-अंग्रेज युद्ध देखि वि.सं. २०७२ सालको विनाशकारी भूकम्प, कोभिड–१९ महामारी, वि.सं. २०८२ भदौ २३ र २४ गते को जेनजी आन्दोलनसम्म आइपुग्दा नेपाली सेनाको भूमिका केवल सैन्य सुरक्षामा सीमित नरही बहुआयामिक राष्ट्रिय संकट व्यवस्थापन संयन्त्रका रूपमा विस्तार भएको देखिन्छ । तथापि, संकटकालीन अवस्थामा सेनाप्रति राज्य र समाजको निर्भरता अत्यधिक हुने तर संकट टरेपछि नेपाली सेनाको सेवा बिर्सनुका साथै अनेकन टिप्पणी हुने गरेको पाइन्छ । त्यसको निरन्तरता पछिल्लो घटना जेनजी आन्दोलन बन्यो । नेपाली सेनाले नेपाल राज्य निर्माण, सार्वभौमिकता संरक्षण, आन्तरिक द्वन्द्व, प्राकृतिक विपद्, स्वास्थ्य आपतकाल जस्ता संकटका विभिन्न चरणहरूमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । संकटको समयमा नेपाली सेनामाथि अत्यधिक निर्भर रहने तर संकट टरेपछि सेनाको सेवा बिर्सेर अनेकखाले टिप्पणी आउनु विरोधाभास हो । यस आलेखले ऐतिहासिक सन्दर्भ, प्रमुख राष्ट्रिय संकटहरूमा नेपाली सेनाले खेलेको भूमिकाको विस्तृत विश्लेषण गर्दै संकट टरेपछि किन सेनाले गरेको सेवा बिर्सने गरिन्छ भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास गरेको छ । प्राथमिक र द्वितीय स्रोत प्रयोग गरी तथ्यपरक बनाउने प्रयास गरिएको यो अध्ययन गुणात्मक अनुसन्धान विधि अन्तर्गत वर्णनात्मक र विश्लेषणात्मक अनुसन्धान ढाँचामा तयार पारिएको हो ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
The articles rest within the authority of the Nepali Army. Only with the Nepali Army's prior permission, can any article in whole or in part from this journal shall be reproduced in any form.