पर्यावरण सङ्कट र नेपाली कवितामा संरक्षण चेतना
DOI:
https://doi.org/10.3126/unityj.v7i1.90490Keywords:
पर्यावरणबोध, प्रकृतिकेन्द्री, नेपाली सेना, मानवकेन्द्री , सहअस्तित्व, संरक्षण चेतनाAbstract
आधुनिकीकरणका विविध मानकहरूले मानवकेन्द्री संरचना निर्माण र उपभोक्तामुखी जीवनशैलीतिर महत्वाकाङ्क्षी बन्दै गएको मानव संस्कृतिलाई नै प्रोत्साहन गरिरहेकाले सहरीकरण र भौतिक सुखसुविधातिर मानिसको अभिरुचि झनै बढ्दै गएको छ । प्रकृतिलाई हेर्ने मानवीय दृष्टि केवल उपभोक्तामुखी हुँदै गएकाले प्रकृति निरन्तर दोहनमा परेको छ । प्रकृति विनाश र पर्यावरणीय असन्तुलनको यस्तो वर्तमान परिघटना नै पर्यावरण सङ्कटको स्थति हो । यस स्थतिमा मानिस लगायत सम्पूर्ण जैविक प्रणाली नै कष्टसाध्य र लोपोन्मुख हुँदै छ । जल, जमिन, जङ्गल र वायुमा आइरहेको विकारका कारण पृथ्वीको तापमानमा वृद्धि भएर मौसमको प्राकृतिक प्रक्रियालाई नै बिथोलिदिएकाले समयअनुसारका पारिस्थतिकीमा नकारात्मक असर परेको छ । यस्तो समयका भोक्ता भएका कविहरूले पर्यावरण जोगाउने उद्देश्यसहित कविता सिर्जना र प्रकाशन गरिनु संरक्षण चेतना विस्तारको एक महत्वपूर्ण प्रयास हो । नेपाली सेना र स्थानीयले मिलेर व्यावहारिक रूपमा दिएको योगदान सर्वविदितै छ । नेपाली कविताले पर्यावरण सङ्कटको यस विषाक्त घडीमा पर्यावरण बोध र प्रकृति संरक्षणको विषयलाई के कसरी प्रतिनिधित्व गरेको छ भन्ने केन्द्रीय कथ्यमा आधारित भएर यो शोधलेख तयार पारिएको छ । सोद्देश्य चयन गरिएका कवितालाई प्रकृतिको केन्द्रीयता, पारिस्थतिक प्रणाली, प्रकृति र मानिसको सम्बन्धजस्ता विषयमा केन्द्रित रही विषय र सन्दर्भपरक विश्लेषण गरिएको छ । यसका निम्ति पर्यावरणीय समालोचना पद्धतिका सैद्धान्तिक र स्थानीय व्यावहारिक पक्षका आधारहरू विश्लेषण गरिएको छ । प्रस्तुत अनुसन्धानबाट पछिल्लो दशकका नेपाली कवितामा पर्यावरणबोध र पर्यावरण सङ्कटका विषयलाई महत्वका साथ प्रकट गरिएको पाइएको छ भने कविताको रचनाकारितामा उत्प्रेरणा जगाउने व्यावहारिक प्रयासहरू पाइएका छन् । यस अध्ययनबाट ती कवितामा प्रकृतिकेन्द्री चिन्तनसहित पर्यावरण संक्षणलाई मानवीय कर्मका रूपमा विस्तार गरिनुपर्ने सन्देश दिइएको निष्कर्ष निकालिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
The articles rest within the authority of the Nepali Army. Only with the Nepali Army's prior permission, can any article in whole or in part from this journal shall be reproduced in any form.