जनता विनाबर्दीका सिपाही हुन
DOI:
https://doi.org/10.3126/unityj.v7i1.90495Keywords:
एन्सियन्ट सोसाइटी, राज्य, सेना, काला पल्टन, गोरा पल्टन, पुनर्वास, गुरुज्यूAbstract
जनता र सेनाका बीचमा अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । पहिलो कुरा त जनता नै एउटा सम्प्रभुता सम्पन्न राष्ट्रको एक अभिन्न अङ्ग मानिन्छ । त्यसै गरी राज्यको शक्तिको स्रोत मध्ये एक जनतालाई नै मानिएको छ । एन्सियन्ट सो साइटीमा मोर्गनका अनुसार आधुनिक राज्य निर्माणअघि ट्राइबलहरू आफ्नो कुलवंश (जीन) को सुरक्षित वसोवास गरिएको भूगोल नै कालान्तर मा आधुनिक राज्यको जगको आधार हो । प्लेटोको आधुनिक राज्यको परिभाषामा नगर राज्यलाई विशेष आधार मानेर व्यख्या गरिएको छ । सायद उनले त्यो प्राचीन मानव वस्ती (ट्राइबल) लाई के लाउन चाहेनन् । त्यही भूगोलको सुरक्षाका लागि त्यहाका जनताहरूले गरेको बलिदानीपूर्ण संघर्ष नै त्यस समयको सेना निर्माणको एक आधार मान्न करै लाग्छ । त्यो किनपनि भने युद्धकला र हातहतियार निर्माणका तौर तरिका त्यहीबाट आयातित भएका छन् । यसले के देखाउँछ भने जनता एकातिर आफ्नो देशको सम्प्रभुताको रक्षाका लागि ज्यानको आहुती दिन तयार हुन्छन् भने अर्को तिर आधुनिक संगठित सेना निर्माणको एक आधार शिला पनि बन्न गएको छ । यही प्राचीन मानवको संयुक्त वसोवास गर्ने क्रममा आफ्नो कुलवंशको सुरक्षा खातिर आफू बसे भूगोलको रक्षाका लागि लड्ने युद्धकला र हतियारले युक्त जनता नै सेना हुन् । यसैसँग मेल खाने नेपालको कालीगण्डकी सेरोफेरोमा बाइसे चौविसे राज्यकालका समयमा मगर राज्यका प्रशासनिक नाम कालाशेष र गोराशेष देखापर्छ । पृथ्वीनारायण शाहले यसैको नामबाट गोरखा राज्यमा काला पल्टन र गोरा पल्टनको नामले दुई छुट्टाछुट्टै पल्टन खडा गर्दछन् । यही पल्टन कालान्तर मागएर गुरुज्यु पल्टन र आधुनिक सेनाको रुपमा स्थापित भएको छ । यस लेखको मुख्य उद्देश्य नै आधुनिक सेनाको विकासको पहिलो आधार जनता हुन् र देशको सार्वभौम रक्षाका लागि उनीहरू नै एक खम्वा हुन् भन्ने रहेको छ । त्यसका साथमा जनता नै राज्यको शक्तिको स्रोत, राज्यका अभिन्न अङ्ग र आधुनिक सेनाको निर्माणपछि उनीहरूको भूमिका भने को देशको आवश्यकता र समय परि स्थति अनुसार सहयोगीको रुपमा योगदान गर्नु हो ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
The articles rest within the authority of the Nepali Army. Only with the Nepali Army's prior permission, can any article in whole or in part from this journal shall be reproduced in any form.