लाहुरी भैँसी कथामा विचारधारा

Authors

  • खगेश्वर Khageswar भट्टराई Bhattarai उपप्राध्यापक, नेपाली विभाग, भोजपुर बहुमुखी क्याम्पस भोजपुर

Keywords:

प्रतिनिधित्व र सत्तासम्बन्ध, प्रभुत्वशाली विचारधारा, लेखकीय विचारधारा

Abstract

प्रस्तुत लेख रमेश विकलको लाहुरी भैंसी कथामा विचारधाराको विश्लेषणमा केन्द्रित छ । गुणात्मक अनुसन्धान पद्धति र पाठविश्लेषण ढाँचामा तयार भएको यस लेखको सामग्रीको स्रोत पुस्तकालय हो । पुस्तकालयबाट सङ्कलित प्राथमिक र द्वितीयक दुबै स्रोतका सामग्रीको प्रयोग भएको यस लेखको सैद्धान्तिक आधार विचारधारा हो भने यो सिद्धान्तनिष्ठ निगमनात्मक अनुसन्धानमा आधारित छ । विचारधारा प्राचीन गुरुकुल परम्परामा विमर्शात्मक ज्ञानमीमांसाबाट विकास भई आरम्भ भएको अनुशासन हो । यसका आधुनिक विकास मार्क्सवाद र त्यसपछिका विचारधारात्मक अध्ययनपद्धतिबाट भएको हो । साहित्यिक कृतिमा समाज र संस्कृतिको चित्रण हुने भएकाले साहित्यमा विचारधाराको अध्ययन हुने समालोचनापद्धतिको विकास भएको छ । यस लाहुरी भैंसी कथामा नेपाली समाजमा असमान अर्थिक संरचनाका कारण सृजित अनमेल सामाजिक संरचना तथा त्यमा प्रतिनिधित्व गर्ने उच्च र निम्नवर्गीय चरित्रको द्वन्द्वात्मक विचारधारात्मक प्रतिनिधित्व भएको छ । यस लेखमा प्रभुत्वशाली संस्कृतिको विचारधाराका सामु निरीह बनेको अधिनस्थ संस्कृतिको विचारधारा स्वतः मूलधारमा समावेश भएको कथ्यविषय प्रस्तुत गर्ने यस कथामा अधिनस्थ समूहको प्रभुत्वलाई विस्थापित गरी किनारीकृत समूहको विचारधारा स्थापित गर्नुपर्ने लेखकीय विचारधाराको प्रयोग भएको रचना रहेको पक्षमा विमर्श भएको छ ।

Abstract
106
PDF
0

Downloads

Published

2024-09-18

How to Cite

लाहुरी भैँसी कथामा विचारधारा. (2024). Vaikharivani, 1(2), 11-22. https://doi.org/10.3126/vaikharivani.v1i2.69850

Issue

Section

Articles

How to Cite

लाहुरी भैँसी कथामा विचारधारा. (2024). Vaikharivani, 1(2), 11-22. https://doi.org/10.3126/vaikharivani.v1i2.69850