हिमालमुनिको गाउँ उपन्यासमा विधाविनिर्माण

Authors

Keywords:

काव्यिकता/कविता, निबन्धात्मकता, समालोचना, अन्तर्मिश्रण

Abstract

प्रस्तुत लेख हिमालमुनिको गाउँ उपन्यसमा विधाविनिर्माण मूल समस्या तथा त्यको निरूपणसँग सम्बन्धित छ । यो उपन्यास २०७७ सालमा प्रकाशित भएको हो भने सिर्जनात्मक सौन्दर्यका दृष्टिले जीवनजगत्‌को विराटता प्रतिबिम्बन गर्ने प्रस्तुत कृति विधागत अन्तर्मिश्रण भई विधाविघटन भएको बहुविधात्मक सौन्दर्यको प्रस्तुतीकरण भएको कृति रहेको छ । विनिर्माणले केन्द्रभञ्जनसम्बन्धी मान्यताका अन्तर्यमा परम्परागत केन्द्रगामी मान्यता, ज्ञानमीमांसा, स्थापित सत्य, विश्वास र धारणा समाप्त गरी केन्द्रीकृत निश्चित र निर्धारणवादी अवधारणालाई उल्टाई दिएको छ । साहित्यका चार विधा तथा ती प्रत्येकका अलग्गै विभेदक अभिलक्षण हुने सार्वभौम मान्यता विपरीत सबै कृति परस्परमा अन्तर्मिश्रण भई संरचित हुन्छन् भन्ने केन्द्रभञ्जनले स्थापना गरेको विधाविघटनसम्बन्धी अवधारणाको पालना हिमालमुनिको गाउँ उपन्यासमा पालना भई आख्यानको विधाविनिर्माण भएको छ । गुणात्मक अनुसन्धान पद्धति र पाठमा आएका विषयवस्तुको विश्लेषणमा आधारित यो लेख विषयवस्तुकेन्द्री विश्लेषणमा आधारित छ । यस लेखको सैद्धान्तिक आधार विनिर्माणको सिद्धान्तमा आधारित विधाविनिर्माणको आधार केन्द्रभञ्जन हो । प्रस्तुत उपन्यासमा आख्यानमा काव्यिकता, नाटकीयता, निबन्धात्मक तथा समालोचनाको अन्तर्मिश्रण भई विधाविनिर्माण भएको छ । यस उपन्यासमा ‘लयसँग’ उपशीर्षकमा भिन्न लयगत विशेषता भएका हाइकु, मुक्तक, गीत र प्रगीतात्मक कविताको सम्यक् प्रयोग र प्रस्तुति भएको छ । यस उपन्यासमा लयगत दृष्टिले वार्णिक, वर्णमात्रिक र मुक्तलयमा आबद्ध प्रगीतात्मक र गीति सङ्कथनको प्रयोग भएको छ । आख्यानमा काव्यिक र गीति सङ्कथनको उपस्थितिका कारण विधागत सार्वभौमिकता खण्डित भएको प्रस्तुत उपन्यास विधागत सौन्दर्यका दृष्टिले बहुविधात्मक सौन्दर्यको आमन्त्रण र प्रयोगका कारण विधाविनिर्माण भएको पाठमा रूपान्तर भएको छ । यस उपन्यासको एक खण्ड ‘विचारसँग’ उपशीर्षकमा संरचित छ भने यसको संरचनागत र रूपाकृतिगत आयाम औपन्यासिक आख्यानात्मक निर्मितिभन्दा भिन्न पूरै निबन्धको विधागत अभिलक्षणसहित संरचित छ । आख्यानमा विचारप्रधानताका कारण विधाविनिर्माण भएको प्रस्तुत उपन्यासमा साहित्यिक विधासौन्दर्यका रूपमा कविता, निबन्ध, आख्यानका साथै यिनको विधासैद्धान्तिक अवधारणाको समेत प्रयोगका कारण समालोचनाको अन्तर्मिश्रण भई विधाविनिर्माणलाई मूर्तत्ता प्रदान गरेको छ । यस लेखमा साहित्यिक सौन्दर्यका दृष्टिले आख्यानमा कविता, निबन्ध र समालोचनाको विधागत सौन्दर्य, आयाम, तिनको संरचना र रूपाकृतिगत अभिलक्षण संश्लेषित अभिव्यक्तिको प्रस्तुतिका कारण हिमालमुनिको गाउँ उपन्यास विधाविनिर्माण भएको विषयमा विमर्श भएको छ ।

Abstract
129
PDF
1

Downloads

Published

2025-01-06

How to Cite

हिमालमुनिको गाउँ उपन्यासमा विधाविनिर्माण. (2025). Vaikharivani, 2(1), 1-24. https://doi.org/10.3126/vaikharivani.v2i1.70010

Issue

Section

Articles

How to Cite

हिमालमुनिको गाउँ उपन्यासमा विधाविनिर्माण. (2025). Vaikharivani, 2(1), 1-24. https://doi.org/10.3126/vaikharivani.v2i1.70010