नैकापे सर्किनी कथामा सन्देश व्यवस्था

Authors

  • Begendra बेगेन्द्र Subba सुब्बा उपप्राध्यापक, नेपाली विभाग, त्रि. वि., रत्न राज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेखमा कथाकार पारिजातको नैकापे सर्किनी कथालाई विश्लेष्य पाठको रूपमा लिई त्यसमा सङ्कथन अध्ययनका दृष्टिले केकस्ता सन्देशहरू छन् र ती कसरी व्यवस्थित रहेका छन् भन्ने कुरो मुख्य समस्याको रूपमा लिइएको छ । नैकापे सर्किनी कथामा रहेका सन्देशहरूको विश्लेषणबाट कथाको मुख्य सन्देश कसरी प्रकट भएको छ भन्ने कुराको खोजी गर्नु नै यस अध्ययनको मुख्य उद्देश्य रहेको छ । उक्त उद्देश्यलाई परिपूर्ति गर्नका खातिर यहाँ ह्यालिडे, क्लाउथड र म्याकार्थी लगायतका विद्वान्हरूको थिम र रिमसम्बन्धी सिद्धान्तहरूको उपयोग गरिएको छ । पूर्वज्ञात सूचना र नयाँ सूचनाहरूको निश्चित शृङ्खलाबाट कृतिमा सन्देश व्यवस्था शृङखलित हुन्छ र यस्ता सूचनाहरूलाई व्यक्ति, वस्तु, स्थान र कालका माध्यमबाट पाठमा व्यक्त गरिएको हुन्छ । यस कुरालाई नैकापे सर्किनी कथामा नैकापे सर्किनीको जीवन, उसले भोगिरहेको काल, स्थान र परिस्थितिका माध्यमबाट आपूmभित्र विकसित हुँदै गरेको समाज परिवर्तनको आग्रहलाई कथाकारद्वारा कलात्मक स्वरूपमा पाठकहरूसामु राखिएको निष्कर्ष निकालिएको छ । 

Abstract
117
PDF
1

Downloads

Published

2025-01-06

How to Cite

नैकापे सर्किनी कथामा सन्देश व्यवस्था. (2025). Vaikharivani, 2(1), 47-60. https://doi.org/10.3126/vaikharivani.v2i1.72174

Issue

Section

Articles

How to Cite

नैकापे सर्किनी कथामा सन्देश व्यवस्था. (2025). Vaikharivani, 2(1), 47-60. https://doi.org/10.3126/vaikharivani.v2i1.72174