नेपालमा पर्यावरणीय साहित्य र पौड्यालको बूढो रूख र जुरेली कथा

Authors

  • Ashok Thapa उपप्राध्यापक, नेपाली केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय https://orcid.org/0009-0004-5743-742X

DOI:

https://doi.org/10.3126/vaikharivani.v2i2.79238

Keywords:

पर्यावरणीय साहित्य, पर्यासमालोचना, पारिस्थितिक चेतना, प्रकृतिमानव सम्बन्ध

Abstract

साहित्यमा पर्यावरणीय चिन्तनको विकास वैदिककालदेखि आजसम्म विस्तारित छ । यस आलेखमा पारिस्थितिकी, वातावरण संरक्षण र साहित्यबीचको अन्तर्सम्बन्धलाई केन्द्रीकृत गर्दै पश्चिमी इकोक्रिटिसिज्म र नेपाली साहित्यमा पर्यावरणीय चेतनाको उदय र महेश पौड्यालको अपरिचित अनुहार (२०७८) कथासङ्ग्रहभित्र सङ्कलित 'बूढो रूख र जुरेली' कथामा पर्यावरणीय चेतना केकसरी प्रयोग भएको छ भनी विवेचना गरिएको छ । आगमन र निगमन दुवै विधिको अनुसरण गरिएको यस लेखमा विश्लेषणका लागि वैदिक साहित्यका पञ्चतत्त्व र प्रकृति पूजनपरम्परा नेपाली साहित्यमा देखिने पारिस्थितिकीय धारणासँग तुलना गरिएको छ । २० औँ शताब्दीको मध्यदेखि विश्वव्यापी वातावरणीय आन्दोलनको प्रभाव नेपाली साहित्यमा पनि परिलक्षित हुँदै आएको छ । नेपाली साहित्यमा अविनाश श्रेष्ठ, सरुभक्त, विजय हितान, देवेन सापकोटा, महेश पौड्याल आदि लेखकले प्रकृतिविनाश, जलवायु परिवर्तन र पारिस्थितिक सन्तुलनलाई प्रमुख विषय बनाएर साहित्य लेखेका छन् । पौड्यालका कविता, निबन्धमा जस्तै आख्यानमा पनि पर्यावरणीय चिन्तनको प्रयोग केकसरी भएको छ भनी निर्क्यौल गर्नु यस लेखको उद्देश्य हो । पौड्यालको प्रस्तुत कथासङ्ग्रहभित्रको विवेच्य कथामा पर्यावरणीय चिन्तन देखिन्छ । पर्यावरणीय साहित्यको अवधारणालाई साहित्यमा सामाजिक-राजनीतिक रूपमा वातावरणीय चेतनाको संवाहक बनाउँदै आएको देखिन्छ । नेपाली साहित्यले मानवकेन्द्रित दृष्टिकोणलाई चुनौती दिँदै प्रकृति-संस्कृतिको सहअस्तित्वलाई प्राथमिकता दिएको छ । साहित्यले वातावरणीय सङ्कटलाई सामाजिक-सांस्कृतिक परिप्रेक्ष्यबाट व्याख्या गर्दै सामूहिक चेतना अभिवृद्धि गर्ने कार्य गरिरहेको छ । परम्परागत ज्ञान र आधुनिक वैज्ञानिक दृष्टिकोणबीचको सन्तुलन कायम राख्दै साहित्यले दिगोविकासको दिशामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ । प्रस्तुत कथामा मानव र प्रकृतिबीचको पारस्परिक सम्बन्ध, सहअस्तित्वको आग्रह र पर्यावरणीय चेतनालाई संवेदनशील प्रतीकमार्फत उजागर गरेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
99
PDF
134

Downloads

Published

2025-07-02

How to Cite

Thapa, A. (2025). नेपालमा पर्यावरणीय साहित्य र पौड्यालको बूढो रूख र जुरेली कथा. Vaikharivani, 2(2), 1–8. https://doi.org/10.3126/vaikharivani.v2i2.79238

Issue

Section

Articles