नेपाली वाच्यव्यवस्थाको स्वरूप

Authors

  • Teak Nath Dahal उपप्राध्यापक, नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ, काठमाडौँ

DOI:

https://doi.org/10.3126/vaikharivani.v2i2.79241

Keywords:

अकर्तृवाच्य, कर्तृवाच्य, भाववाच्य, कर्मवाच्य, वाच्यान्तरण

Abstract

प्रस्तुत लेखमा नेपाली भाषामा रहेको वाच्यव्यवस्थाबारे विभिन्न कोणबाट व्याख्या र विश्लेषण गरिएको छ । नेपालीका वाच्यलाई विश्लेषण गर्ने पद्धति संस्कृतबाटै आएको हो र संस्कृतकै त्रिवाच्यीय व्यवस्थालाई नेपालीमा पनि विश्लेषणको आधार बनाइएको छ । वाच्यको अर्थ बु्झिने हुन्छ भने वाक्यमा आएका कर्ता, कर्म र क्रियामध्ये एउटा चाहिँ वाच्य हुन्छ । त्यसका साथसाथै बुझाउने काम चाहिँ वाचकले गर्छ । क्रियापदको अन्तिम प्रत्यय वाचक हुन्छ । वाचकले सङ्गतिको स्थितिलाई बुझाउँछ । वाचकले कर्मसँग सङ्गति राख्दा कर्मवाच्य हुन्छ भने कर्तासँग सङ्गति राख्दा कर्तृवाच्य हुन्छ । अकर्तृवाच्यको संरचनामा रहेको क्रियाले कर्मसँग सङ्गति राखेन भने भाववाच्य हुन्छ । अनि सङ्गति चाहिँ लिङ्ग, वचन, पुरुष र आदरका आधारमा कायम हुने गर्दछ । कर्मभाववाच्य हुनका लागि धातु+इ+रूपायक प्रत्ययको संरचनामा क्रिया हुनुपर्दछ । यस्तो संरचनामा रहेर पनि वाचकले कर्मसँग सङ्गति राखेन भने भाववाच्य हुन्छ । नेपालीमा कर्मवाच्यको स्थिति क्रमशः शिथिल बन्दै गएको देखिन्छ । त्यसका स्थानमा भाववाच्यको प्रयोगमा बढोत्तरी हुँदै आएको छ । नेपाली वैयाकरणहरूले वाच्य विश्लेषणका सन्दर्भमा केही नयाँ अवधारणा पनि प्रस्तुत गरेका छन् । वाच्यान्तरणमा देखिएको द्विविधालाई सैद्धान्तिकीकरण गर्न मध्यवाच्य, पुरुषविहीन वाच्य, भावेप्रयोग तथा विकर्मक जस्ता शब्दहरूको प्रयोग गरेको देखिन्छ तर त्यस्ता शब्दहरूको परिभाषा त्यति स्पष्ट देखिँदैन । यी अवधारणाका आधारमा नेपालीका वाक्यको विश्लेषण त्यति प्रभावकारी र सर्वमान्य भएको पनि देखिँदैन । तसर्थ ती धारणामै सीमित छन् । परम्परागत व्याकरणमा क्रिया सकर्मक भए कर्मवाच्य र अकर्मक भए भाववाच्य बन्छ भन्ने धारणा र नेपाली भाषाको प्रयोग पक्षलाई हेर्दा आपसमा तालमेल राख्दैन । सकर्मक क्रियाबाट पनि भाववाच्य बनेको देखिएको र कर्मवाच्यको प्रयोगमा शिथिलता आएको अवस्थाले नेपाली वाच्यव्यवस्थाको विश्लेषणमा द्विविधाहरू सिर्जना हुँदै गएका छन् । अप्रेरणार्थकबाट प्रेरणार्थकमा जाँदा सबै वाक्यहरूको वाच्यान्तरण हँदैन भने क्रियापरिवर्तन हुँदा आगम, आदेश जस्ता रूपध्वन्यात्मक परिवर्तन पनि देखिने विषयमा यस लेखमा विमर्श गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
128
PDF
44

Downloads

Published

2025-07-02

How to Cite

Dahal, T. N. (2025). नेपाली वाच्यव्यवस्थाको स्वरूप. Vaikharivani, 2(2), 9–16. https://doi.org/10.3126/vaikharivani.v2i2.79241

Issue

Section

Articles