“मलाई नबिर्से मञ्जरी” कथामा अन्तर्पाठीयता

Authors

  • Sita Adhikari Thapa उपप्राध्यापक, नेपाली विभाग, महेन्द्र बहुमुखी क्याम्पस, धरान

DOI:

https://doi.org/10.3126/vaikharivani.v2i2.79245

Keywords:

अधिपाठ, अन्तर्पाठीयता, लेखकीय वर्चस्व, पाठ, विनिर्माण

Abstract

प्रस्तुत लेख “मलाई नबिर्से मञ्जरी” कथामा अन्तर्पाठीयतासँग सम्बन्धित रहेर तयार पारिएको छ । यस कथामा अन्य पाठबाट विभिन्न पात्र र सन्दर्भ लिएर अन्तर्पाठीयताद्वारा परम्परागत आख्यान मान्यताको भञ्जन गर्दै नवीन अर्थ प्रस्तुत गरिएको छ । विनिर्माणको एउटा पद्धतिका रूपमा रहेको अन्तर्पाठीयताको सैद्धान्तिक मान्यताअनुसार कथामा अन्तर्पाठका रूपमा प्रस्तुत भएका सन्दर्भहरूको खोजी गरी तिनको विश्लेषण गरिएको छ । यस कथामा केकस्ता अन्तर्पाठीय सन्दर्भको प्रयोग गरिएको छ भन्ने मूल प्रश्नमा रही अध्ययनलाई अघि बढाइएको छ । कथामा प्रस्तुत साहित्यिक विषयका अन्तर्पाठीयताको स्थितिलाई चित्रण गर्नु अध्ययनको मुख्य उद्देश्य रहेको छ । त्यसैले कथामा अन्तर्पाठ प्रयोग भएका सन्दर्भको खोजी गरी तिनको पहिचान एवं विश्लेषण गरिएकाले प्रस्तुत अध्ययन गुणात्मक प्रकृतिको रहेको छ । यस लेखमा पाठविश्लेषण विधिको प्रयोग गर्दै विभिन्न पुस्तक तथा अन्य स्रोतबाट सामग्री लिएर सैद्धान्तिक आधार निर्माण गरिएको छ । यस अध्ययनबाट कथामा प्रयुक्त काल्पनिक र यथार्थ पाठकबाट विभिन्न पात्र र सन्दर्भलाई लिएर अन्तर्पाठीयता प्रस्तुत गरिएको तथ्य प्राप्त भएको छ । अतः यस अध्ययनमा “मलाई नबिर्से मञ्जरी” कथामा अन्तर्पाठीय सन्दर्भको प्रयोगबाट परम्परित आख्यान लेखनको मान्यताको भञ्जनसहित विनिर्माण भएको भन्ने निष्कर्ष प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
53
PDF
23

Downloads

Published

2025-07-02

How to Cite

Adhikari Thapa, S. (2025). “मलाई नबिर्से मञ्जरी” कथामा अन्तर्पाठीयता. Vaikharivani, 2(2), 55–66. https://doi.org/10.3126/vaikharivani.v2i2.79245

Issue

Section

Articles