‘मायाझाल’ लोकगीतिकथाको प्रस्तुति
DOI:
https://doi.org/10.3126/vaikharivani.v2i2.80500Keywords:
कथनशैली, जीवन्त प्रेम, प्रेमालाप, सन्दर्भपरक प्रस्तुति, सुरAbstract
प्रस्तुत आलेख ‘मायाझाल’ लोकगीतिकथाको सन्दर्भपरक प्रस्तुतिको अध्ययनमा केन्द्रित छ । यस लोकगीतिकथामा गाउँले परिवेशको जीवन्त प्रेमलाई केटा र केटी बिच भएको गीतिमय प्रेमालापका माध्यमबाट प्रस्तुत गरिएको छ । यस लेखमा प्रस्तुत कथाको सङ्कलन सन्दर्भलाई मुख्य विषय बनाएर अध्ययन गरिएको छ । यसका लागि लोकसाहित्यको सजीव अध्ययन गर्न विधागत पाठ र प्रस्तुतिको सन्दर्भलाई सँगै राखेर अध्ययन गर्नुपर्छ भन्ने मान्यता बोकेको सन्दर्भवादी पद्धतिलाई उपयोग तरिएको छ । सन्दर्भवादी पद्धतिका विभिन्न धारहरूमध्ये पश्चिमी लोकसाहित्यविद् डेल हाइम्सको कथनको जातित्त्व सिद्धान्तले प्रस्ताव गरेका अवधारणाका आधारमा यस लोकगीतिकथाको विश्लेषण गरिएको छ । यसमा क्षेत्रीय भ्रमण विधिका आधारमा सामग्री सङ्कलन गरिएको छ । अध्ययेता स्वयम् अध्ययनक्षेत्रमा उपस्थित भई यो सामग्रीको सङ्कलन गरिएको हो । गुणात्मक अनुसन्धान ढाँचा अवलम्बन गरिएको यस लेखमा विश्लेषणात्मक विधिका आधारमा अध्ययनलाई निष्कर्षमा पुर्याइएको छ । यसमा लोककथा सङ्कलनको स्थान, समय, वातावरण, सहभागी, उद्देश्य, कार्यको क्रम, सुर, सामाजिक मान्यता, कथन शैली व्याख्या गरिएको छ । यसका आधारमा विधा पहिचान पनि गरिएको छ । यस विश्लेषणका आधारमा यो लोकगीतिकथा हो भन्ने निष्कर्षमा पुगिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 Vaikharivani

This work is licensed under a Creative Commons Attribution-NonCommercial-NoDerivatives 4.0 International License.