नेपालीमा आश्रयक व्यवस्था

Authors

  • Prem Prasda Chaulagain नेपाली विभाग, त्रिचन्द्र बहुमुखी क्याम्पस, काठमाडौँ https://orcid.org/0009-0004-2446-101X

Keywords:

आश्रय, आश्रित, प्रकार्य, मिश्रण, सापेक्ष

Abstract

प्रस्तुत शोधलेख नेपालीमा आश्रयक व्यवस्थाको विश्लेषणमा केन्द्रित छ । निगमनात्मक विधिको प्रयोग गरिएको यस लेखमा रूपान्तरण व्याकरणअन्तर्गतको आश्रयक व्यवस्थाका आधारमा नेपाली आश्रयक व्यवस्थाको विश्लेषण गरी निष्कर्ष प्रस्तुत गरिएको छ । रूपान्तरण व्याकरणअनुसार एकभन्दा बढी वाक्यको संयोजन हुँदा एउटा वाक्यलाई स्वतन्त्र वाक्यका रूपमा छोडी अन्य वाक्यलाई आश्रित बनाउने भाषिक एकाइ आश्रयक हुन् । एउटा स्वतन्त्र वाक्यलाई आश्रित बनाई तिनलाई नाप, विप, क्रिविप पदकोटिका रूपमा परिणत गराउने कार्य आश्रयकको हो । यसैले नेपालीमा आश्रयकको प्रयोगका आधारमा मिश्र वाक्यको व्याख्या, वर्गीकरण र विश्लेषण गर्न सकिन्छ । नेपालीमा आश्रयकको प्रयोगका आधारमा मिश्र वाक्यलाई बुहक्रियापदीय मिश्र वाक्य र एकक्रियापदीय मिश्र वाक्य गरी दुई प्रकारमा वर्गीकरण गर्नुपर्ने हुन्छ । बहुक्रियापदीय र एकक्रियापदीय दुवै किसिमका मिश्र वाक्यमा आश्रित वाक्यअन्तर्गत नाम आश्रित वाक्य, विशेषण आश्रित वाक्य र क्रियाविशेषण आश्रित वाक्य गरी तीन किसिमका आश्रित वाक्य रहन्छन् । आश्रयककै अर्थ र भूमिकाका आधारमा बहुक्रियापदीय र एकक्रियापदीय मिश्र वाक्यअन्तर्गत आएका नाम आश्रित वाक्यले कर्ता, कर्म र पूरकको प्रकार्य  गर्दछन् भने विशेषण आश्रित वाक्यले भने कर्तृविशेषण, प्रत्यक्ष कर्म विशेषण, अप्रत्यक्ष कर्म विशेषण,  कर्तृपूरक विशेषण र कर्मपूरक विशेषणको प्रकार्य गर्दछन् । क्रियाविशेषण आश्रित वाक्यले चाहिँ क्रियाविशेषणकै प्रकार्य गर्दछन् । बहुक्रियापदीय मिश्र वाक्यमा भन्ने, भनी, भने, कि, कि...यो, के..भने, जो...त्यो, जब...तब लगायतका आश्रयकको प्रयोग हुन्छ भने एकक्रियापदीय मिश्र वाक्यमा चाहिँ नु, न,ने एको, दो, दै, इन्जेल, उन्जेल लगायतका आश्रयक प्रयुक्त हुन्छन् । यो...कि, के ...भने जस्ता केही आश्रयक मुख्य वाक्यका क्रियाको अघि र पछि प्रयुक्त हुन्छन् । यो नेपाली आश्रयक व्यवस्थाको संरचनागत वैशिष्ट्य हो । यसरी नेपालीमा सापेक्ष संयोजक र कृत्प्रत्यय पनि आश्रयकका रूपमा प्रयुक्त हुने भएकाले आश्रयक व्यवस्थाका दृष्टिले नेपाली भाषा विशिष्ट छ भन्ने निष्कर्ष प्रस्तुत अध्ययनबाट प्राप्त भएको छ ।

Abstract
68
PDF
0

Downloads

Published

2026-01-04

How to Cite

नेपालीमा आश्रयक व्यवस्था. (2026). Vaikharivani, 3(1), 33-52. https://doi.org/10.3126/vaikharivani.v3i1.87430

Issue

Section

Articles

How to Cite

नेपालीमा आश्रयक व्यवस्था. (2026). Vaikharivani, 3(1), 33-52. https://doi.org/10.3126/vaikharivani.v3i1.87430