कुञ्जिनी खण्डकाव्यको वस्तुनिर्मिति र भावसौन्दर्य
Keywords:
स्वच्छन्दतावाद, अन्तर्वस्तु, रससिद्धान्त, रससूत्र, काव्यिक निर्मितिAbstract
प्रस्तुत लेख कुञ्जिनी खण्डकाव्यको वस्तुनिर्मिति र भावसौन्दर्यको विश्लेषण गरी रससूत्रका आधारमा यस कृतिको मूल्याङ्कनमा केन्द्रित छ । यस लेखमा सामग्रीको सङ्कलन पुस्तकालयबाट गरिएको छ । प्राथमिक र द्वितीयक दुवै स्रोतका सामग्रीको उपयोग गरिएको यस लेखको प्राथमिक सामग्री कुञ्जिनी खण्डकाव्य तथा द्वितीयक सामग्रीका रूपमा विभिन्न पुस्तक, अनुसन्धानात्मक पत्रिका र अनुसन्धान पत्रको उपयोग गरिएको छ । गुणात्मक अनुसन्धान पद्धतिमा आधारित यस लेखमा पाठविश्लेषण विधिको उपयोग गरिएको छ । सैद्धान्तिक आधार र अवधारणाका रूपमा खण्डकाव्य रचनाका लागि वस्तुविधान र भावसौन्दर्यको अभिव्यक्ति समूर्तन तुल्याउने रससँग सम्बन्धित पक्षका आधारमा गरिएको यस अध्ययनमा विश्लेषणात्मक विधिबाट सामग्रीको विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । नेपाली बृहत् संरचनाका काव्यपरम्परामा महत्त्वपूर्ण योगदान पुर्याउने लक्ष्मीप्रसाद देवकोटाको कुञ्जिनी स्वच्छन्दतावादी भावधाराको काव्य हो । प्रेममा त्याग र समर्पणको महत्त्वलाई केन्द्रीय पीठिकामा राखी संरचित यस कृतिमा नेपाली समाज, संस्कृति, भूगोल र प्रकृतिमा भएका कविकल्पनाप्रसूत उत्पाद्य विषयलाई आख्यानीकरण गरिएको छ । उत्पाद्य विषयवस्तु र नेपाली राजनीतिक इतिहासमा २००७ सालपूर्वको अवधिका सांस्कृतिक, आर्थिक र शैक्षिक निर्मितिलाई सूक्ष्म रूपमा चित्रण गरिएको यस काव्यमा वस्तुनिर्मितिका लागि नेपाली संस्कृति र प्रकृतिलाई विशेष स्थान दिइएको छ । काव्यको भाजसौन्दर्य सिर्जना गर्नका लागि अङ्गी रसका रूपमा करुण रस परिपाक रहेको यस कृतिमा शृङ्गारादि विभिन्न रस अङ्गरसका रूपमा प्रयोग गरिएका छन् । यस लेखमा रसनिष्पत्तिका लागि विभाव, अनुभाव र सञ्चारिभावको वाञ्छित अन्वयबाट करुण रस परिपाकावस्थामा पुगेको यस काव्यमा यिनै विषय प्राप्तिका रूपमा रहेको निष्कर्षमा पुगिएको छ ।
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2026 Vaikharivani

This work is licensed under a Creative Commons Attribution-NonCommercial-NoDerivatives 4.0 International License.