भानुभक्तीय रामायणमा बन्धन र मोक्ष चिन्तन

Authors

  • Sita Kumari Sapkota (Bhattarai) एकेडेमिक डाइरेक्टर : लुम्बिनी एकेडेमी, चाबहिल, चुच्चेपाटी, काठमाडौँ https://orcid.org/0009-0004-0368-5428

Keywords:

बन्धन, माेक्ष, वेदान्त, विदेह मोक्ष, सदेह मोक्ष

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेख भानुभक्तीय रामायणमा अभिव्यक्त बन्धन र मोक्ष चिन्तनको दार्शनिक विश्लेषणमा केन्द्रित छ । पुस्तकालयबाट सामग्री सङ्कलन गरिने यस लेखमा प्राथिमक र द्वितीयक दुवै स्रोतका सामग्रीको उपयोग गरिएको छ । यसमा प्राथमिक स्रोतका रूपमा भानुभक्तीय रामायण लाई लिइएको छ भने द्वितीयक स्रोतअन्तर्गत वेदान्त दर्शन, बन्धन, मोक्षसम्बन्धी पूर्वप्रकाशित लेख, पुस्तक, पत्रपत्रिका र विद्युतीय सञ्चारमामा उपलब्ध सामग्री एवम् रामायणका सम्बन्धमा गरिएका अध्ययनलाई उपयोग गरिएको छ । यस लेखको सैद्धान्तिक आधार र अवधारणाका रूपमा पूर्वीय दर्शनअन्तर्गत विशेषतः वैदिक, उपनिषदिक तथा वेदान्तीय चिन्तनका आधारमा कृतिभित्र प्रतिपादित बन्धन र मोक्षसम्बन्धी अवधारणालाइ उपयोग गरी भानुभक्तीय रामायणको अध्ययन गरिएको छ । गुणात्मक अनुसन्धान पद्धतिको प्रयोग गरिएको यस लेखमा रामयणलाई शोधक्षेत्र मानी त्यसका उद्धरणका अधारमा अध्ययनलाई पूर्णता दिइने यस लेखमा व्याख्यात्मक तथा विश्लेषणात्मक विधिलाई उपयोग गरिएको छ । भानुभक्त आचार्यले रामकथालाई केवल धार्मिक आख्यानका रूपमा मात्र प्रस्तुत नगरी मानव जीवनका नैतिक, आध्यात्मिक तथा दार्शनिक पक्षलाई महाकाव्यमा अभिव्यक्त गरेका छन् । रामायणमा कृतिमा बन्धनलाई अज्ञान, मोह, माया, लोभ, अहङ्कार तथा कर्मफलको आसक्तिसँग सम्बन्धित देखाइएको छ भने मोक्षलाई आत्मज्ञान, वैराग्य, सत्य, धर्मपालन तथा ईश्वरभक्तिबाट प्राप्त हुने परम अवस्थाका रूपमा चित्रण गरिएको छ । विशेष गरी रामायणमा राम, सीता, भरत तथा विभिन्न पात्रका आचरणमार्फत् आदर्श जीवन, कर्तव्यबोध र आध्यात्मिक उन्नतिको सन्देश अभिव्यक्त भएको छ । यस अध्ययनले नेपाली रामायण परम्परामा अन्तर्निहित वेदान्तीय चेतना तथा मोक्षदर्शनको उद्घाटन गर्दै भानुभक्तीय रामायणलाई दार्शनिक दृष्टिले महत्त्वपूर्ण काव्यकृतिका रूपमा स्थापित गरेको निष्कर्षमा पुगिएको छ ।

Abstract
1
PDF
0

Downloads

Published

2026-07-27

How to Cite

Sapkota (Bhattarai) , S. K. (2026). भानुभक्तीय रामायणमा बन्धन र मोक्ष चिन्तन. Vaikharivani, 3(2), 97-113. https://doi.org/10.3126/vaikharivani.v3i2.96088

Issue

Section

Articles

How to Cite

Sapkota (Bhattarai) , S. K. (2026). भानुभक्तीय रामायणमा बन्धन र मोक्ष चिन्तन. Vaikharivani, 3(2), 97-113. https://doi.org/10.3126/vaikharivani.v3i2.96088