‘कर्नेलको घोडा’ कथामा विश्वदृष्टि
Keywords:
वर्गीय अस्तित्व, दमनकारी पितृसत्ता, सांस्कृतिक बिम्ब, समानधर्मिताAbstract
प्रस्तुत लेखमा विश्वेश्वरप्रसाद कोइरालाको ‘कर्नेलको घोडा’ कथामा विश्वदृष्टिको अध्ययन गरिएको छ । यस लेखका लागि पुस्तकालयबाट सङ्कलित प्राथमिक र द्वितीयक स्रोतका सामग्रीको उपयोग गरिएको छ । यसको प्राथमिक स्रोतका सामग्री ‘कर्नेलको घोडा’ कथा हो । द्वितीयक स्रोतका सामग्रीका रूपमा विश्वदृष्टिको सैद्धान्तिक र प्रायोगिक पक्षका विषयमा गरिएका विभिन्न पुस्तक, पत्रपत्रिका, अनुसन्धानात्मक जर्नल र शोधपत्र एवम् शोधप्रबन्धको उपयोग गरिएको छ । यस लेखको सैद्धान्तिक आधार लुसिएँ गोल्डमानको विश्वदृष्टिसम्बन्धी मान्यतालाई बनाइएको छ । ग्णात्मक अनुसन्धान पद्धतिमा अधारित यस लेखमा पाठविश्लेषण विधिको उपयोग गरिएको छ चने वर्णनात्मक, व्याख्यात्मक एवम् विश्लेषणात्मक विधिद्वारा समस्याको निरूपण गरिएको छ । कथामा आर्थिक सम्पन्नता र शक्तिको अहम्ले निर्मित सामन्ती एवम् पितृसत्तात्मक विश्वदृष्टिको जीवन्त चित्रण छ । पैतालीस वर्षका कर्नेल र परिपक्व बैँस बोकेकी १९ वर्षकी कर्नेल्नीबिचको अनमेल विवाहका माध्यमबाट कथाकारले नारीलाई केवल जड, उपभोग्य र चल–सम्पत्तिका रूपमा हेर्ने कुरुप पुरुष–मानसिकताको चिरफार गरेका छन् । महँगा भौतिक सुखसुविधा र आभूषणले तृप्त हुन नसकेकी कर्नेल्नीले एउटा सेतो घोडाप्रति दर्शाएको अगाध स्नेहले नारीभित्रको तीव्र मानसिक सङ्कट, भावनात्मक रित्तोपन र प्राकृतिक आकाङ्क्षालाई सङ्केत गर्छ । आफ्नी स्त्री आफूभन्दा बढी मूक जनावरसँग एकाकार भएको दृश्यले कर्नेलको पुरुष अहम्मा चोट पुग्दा, त्यसकै क्रूर परिणतिस्वरूप उनले घोडाको हत्या गर्छन् । यस अध्ययनबाट कथाको विश्वदृष्टि तत्कालीन नेपाली समाजको शोषित नारी वर्ग र शोषक पुरुष वर्गको सामूहिक चेतनाको अन्तद्वन्द्वपूर्ण रूप भएको निष्कर्ष निकालिएको छ ।
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2026 Vaikharivani

This work is licensed under a Creative Commons Attribution-NonCommercial-NoDerivatives 4.0 International License.