हृदयचन्द्रसिंह प्रधानका उपन्यासमा जाति
Keywords:
जाति, अनुवांशिक, नश्ल, खसआर्य, खस-पर्वते, पहिचानAbstract
प्रस्तुत लेखमा उपन्यासकार हृदयचन्द्रसिंह प्रधानका उपन्यासको समाजशास्त्रीय अध्ययन गरिएको छ । गुणात्मक अनुसन्धान पद्धति र पाठविश्लेषण विधिमा तयार गरिएको यस लेखमा तथ्याङ्क सङ्कलनका लागि पुस्तकालयीय विधिको उपयोग गरिएको छ । निगमनात्मक विधिद्वारा उपन्यासका कथनहरूलाई आधार बनाई अध्ययन गरिने यस लेखमा हिप्पोलाइट एडल्फ तेनको समाजशास्त्रीय अध्ययन गर्ने आधारअन्तर्गत जातिसम्बन्धी मान्यताको उपयोग गरिएको छ । जसमध्ये यस लेखमा उपन्यास विश्लेषण गर्ने आधारका रूपमा तेनले अघि सारेका सहज आनुवंशिक गुण, समान सांस्कृतिक विशेषता, जलवायु र भूगोल एवम् खानपान र शारीरिक संरचना मुख्य आधार बनाइएको छ । उपन्यासकार प्रधानको स्वास्नीमान्छे उपन्यासमा भूगोल, जलवायु र सांस्कृतिक परिवेश काठमाडौँभित्रकै रहेको हिन्दू धर्मसंस्कृति मान्ने नेपाली जातिको उपस्थित छ । सहभागीहरूको नामाङ्कन र खानपानले स्वास्नीमान्छे उपन्यासमा खसआर्य सम्प्रदायकै बाहुल्यता रहेको र गौण भूमिकामा हिराज्यान र भाइचा नेवार जातिको प्रतिनिधित्व छ । यसै गरी उनको एकचिहान उपन्यासमा सहज आनुवंशिक गुण अर्थात् नश्लीय सम्बन्धका आधारमा खसपर्वते, नेवार र मधिसे फरकफरक जातिको उपस्थिति रहेको पाइन्छ । यस लेखमा प्रधानका उपन्यासमा फरक जातिबीच नश्लीय एवं सामाजिक सांस्कृतिक सम्बन्धमा अन्तर्मिश्रण गरी विकसित समाज निर्माणको परिकल्पना गरिएको विषयमा विमर्श गरिएको छ ।
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2026 Vaikharivani

This work is licensed under a Creative Commons Attribution-NonCommercial-NoDerivatives 4.0 International License.