सहभागीका आधारमा अछामी नेपालीका सामाजिक भेद

Authors

  • Abilal Shah उपप्राध्यापक नेपाल र एसियाली अनुसन्धान केन्द्र, त्रि. वि. https://orcid.org/0009-0003-5405-3407

Keywords:

भाषिका, भेद, सहभागी, शैली, परिवेश

Abstract

प्रस्तुत आलेख सहभागीका आधारमा देखापर्ने अछामी नेपालीका सामाजिक भेदको अध्ययनमा केन्द्रित छ । यसमा अछामको स्थानीय कथ्य भााषा वा अछामी नेपाली भाषाको अभिव्यक्तिगत स्वरूपलाई सामग्रीका रूपमा उपयोग गरी लिङ्गगत, जातिगत, शिक्षाको स्तर, पुख्यौली शासन र सहभागी बिचको सम्बन्धका आधारमा देखापर्ने भेदको विश्लेषण गरिएको छ । यसका लागि समाजभाषावैज्ञानिक होलमस्का भाषाका सामाजिक भेदसम्बन्धी अवधारणा र अछामी नेपालीको मौलिक स्वरूपका आधारमा विश्लेषणकाो सैद्धान्तिक ढाँचा तयार गरिएको छ । गुणात्मक अनुसन्धान ढाँचा अवलम्बन गरिएको यस लेखमा विश्लेषणात्मक विधिको उपयोग गरिएको छ । अध्येयता अछामी नेपाली भाषाको वक्ता भएकाले यस आलेखमा सामग्री सङ्कलनको सूचक स्वयम् अध्येयता रहेका छन् । भाषिक वक्ता नै सहभागी हुन् । सहभागीलाई आधार मानी अछामी भाषिकाको सामाजिक भेदको अध्ययन गर्दा उमेरगत, जातिगत, लिङ्गगत, शासनतग, शिक्षाको स्तरगत र सहभागी बिचको सम्बन्धगत भाषिक भेद छुट्टिएका छन् । यस अध्ययननबाट अछामको कथ्य भाषिक स्वरूपको ज्ञान प्राप्त हुनुका साथै अछामी सामाजिक–सांस्कृतिक संरचनाबोध गर्न सहयोगी रहने निष्कर्षमा पुगिएको छ ।

Abstract
0
PDF
0

Downloads

Published

2026-07-27

How to Cite

Shah, A. (2026). सहभागीका आधारमा अछामी नेपालीका सामाजिक भेद. Vaikharivani, 3(2), 1-14. https://doi.org/10.3126/vaikharivani.v3i2.96581

Issue

Section

Articles

How to Cite

Shah, A. (2026). सहभागीका आधारमा अछामी नेपालीका सामाजिक भेद. Vaikharivani, 3(2), 1-14. https://doi.org/10.3126/vaikharivani.v3i2.96581