अलङ्कार सम्प्रदायको सैद्धान्तिक ढाँचा
Keywords:
उपमान, उपमेय, शब्दालङ्कार, अर्थालङ्कार, उभयालङ्कारAbstract
अलङ्कार काव्यको शोभा बढाउने र काव्यलाई चामत्कारिक तुल्याउने तत्त्व हो । यो मूलतः शैलीसँग सम्बन्धित छ । कथनपद्धति र शब्दार्थको कालिगडी अलङ्कारको मुख्य पक्ष हो । सोझो भनाइबाट अर्थबोध हुने भए पनि अभिव्यक्तिकलाको आनन्द त्यसले दिन सक्तैन । आफ्ना कुरा नयाँ ढङ्गमा अभिव्यक्त गर्ने रुचिको विकास भाषाको जन्मदेखि नै हुन थालेको पाइन्छ । सर्वप्राचीन ग्रन्थ ऋग्वेदका कतिपय ऋचाहरू आलङ्कारी छन् । वैदिक साहित्यमा उपमाको प्रयोग भेटिनु अलङ्कारको प्राचीनताको प्रमाण हो । लौकिक साहित्यमा अलङ्कारको प्रयोग लोकप्रिय बन्यो र संस्कृत लक्षणग्रन्थमा सर्वप्रथम अलङ्कारसम्बन्धी विमर्श पाइन्छ । अलङ्कारको सङ्ख्या र प्रकार उत्तरोत्तर बढ्दै गएको देखिन्छ । अलङ्कारको परिचय र प्रकारको अध्ययन यस लेखको मुख्य उद्देश्य हो । अध्ययन गुणात्मक पद्धतिमा छ । विषयपरक विधिमा सामग्रीको विश्लेषण गरिएको छ । अलङ्कारको सोदाहरण विश्लेषण अध्ययनको मुख्य पक्ष हो । अलङ्कार साहित्यलाई आकर्षक तुल्याउने आवश्यक तत्त्व हो भन्ने यस अध्ययनको निष्कर्ष रहेको छ ।
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2026 Vaikharivani

This work is licensed under a Creative Commons Attribution-NonCommercial-NoDerivatives 4.0 International License.