नेपाली नाटकको युगीन प्रवृत्ति {Epochal Characteristic Features of Nepali Drama}

Authors

  • अशोक Ashok थापा Thapa

DOI:

https://doi.org/10.3126/vangmaya.v18i1.47051

Keywords:

मिथकीयता, इतिवृत्त, अनुवाद, रूपान्तरण, रङ्गमञ्च, myth, history, translation, transformation, theater

Abstract

नेपाली नाटकको इतिहास झन्डै सवा दुई शताब्दी लामो छ । यसको आरम्भ अनुवाद रूपान्तरणसँग सम्बद्ध छ । हालसम्म प्राप्त तथ्यलाई मूल्याङ्कन गर्दा शक्तिवल्लभ अर्यालको हास्यकदम्ब (वि.सं. १८५५ तिर) लाई नेपाली नाटकको पहिलो खुड्किलो मानिन्छ । यद्यपि लिच्छविकाल र मल्ल कालमा सिर्जित नाटकका केही पाण्डुलिपिहरूको शोधन हुन बाँकी छ । प्रस्तुत लेखमा नेपाली नाटकको पृष्ठभूमिदेखि अहिलेसम्मको नाट्येतिहासको स्रस्टासापेक्ष अनुरेखाङ्कन  गरिएको छ । नेपाली नाटकका विषयमा अतीतमा भए गरेका पूर्वसामग्रीहरूको अवलोकन गरी निष्कर्षमा पुगिएकाले यस लेख द्वितीयक स्रोतको तथ्यमा आधारित छ । इतिहासमा अभिलेखन भएका दस्तावेजको तुलनात्मक पठन गरी निष्कर्षण गरिएकाले यस लेखमा तुलनात्मक विधिको प्रयोग भएको छ । प्रस्तुत लेखमा प्राप्त तथ्यहरू प्रस्तुत गर्न वर्णनात्मक विधिको प्रयोग भएको छ । यो लेख नेपाली नाटकको इतिहासको अनुरेखाङ्कनमा केन्द्रित छ । नेपाली नाटकको ऐतिहासिक पक्षलाई सङ्क्षेपमा निष्कर्षण गर्नु यस लेखको प्राप्ति हो । नेपाली नाटकसाहित्य उन्नत बन्दै गएको छ । नवीन चिन्तन र अन्तर्विषयकतालाई अबलम्बन गर्नु नेपाली नाटकको उल्लेखनीय उपलब्धि हो भन्ने यस लेखको निचोड रहेको छ । यसले आगामी दिनमा हुने शोधका लागि थप मार्गप्रशस्त गरेको छ ।

{Nepali drama has a history of about two and a half centuries. Translation and transformation were the first steps in the history of Nepali drama. According to the information received so far, Hasyakadamba is considered to be the first play written in Nepali. The play was thought to have been published in about 1855 BS. Nevertheless, some manuscripts of plays written during the Lichchhavi and Malla period remain unexplored. This article provides an overview of Nepalese drama's history from its beginning to the present. Previous research has served as a prelude. As a result, the source used here comes from Secondary sources. The comparative method has been applied in this article because it was obtained by comparing historical documents. This article presents information in a descriptive form. The writer tries to trace the history of Nepalese drama in this article. This article summarizes the historical aspect of Nepali drama. In recent times, Nepali drama has become more sophisticated. The article stresses as to how Nepali drama has achieved great success by adopting innovative and interdisciplinary thinking. Further research could be conducted on this topic in the future.}

Downloads

Download data is not yet available.
Abstract
95
PDF
188

Downloads

Published

2022-08-08

How to Cite

थापा Thapa अ. A. (2022). नेपाली नाटकको युगीन प्रवृत्ति {Epochal Characteristic Features of Nepali Drama}. Vangmaya वाङ्मय, 18(1), 1–12. https://doi.org/10.3126/vangmaya.v18i1.47051

Issue

Section

Articles