माधवी उपन्यासकी माधवीको चारित्रिक विशेषता {A Characteristic Feature of Madhavi in the Novel Madhavi}

Authors

  • ईश्वरीप्रसाद Ishwariprasad गैरे Gaire

DOI:

https://doi.org/10.3126/vangmaya.v18i1.47058

Keywords:

श्यामकर्ण घोडा, नियोग प्रथा, पुत्रप्रसू माता, बारुणी महामाया, केशशुल्का, Shyamkarna Ghoda, Niyog Pratha, Baruni Mahamaya, Keshshulka, Putraprasu Mata

Abstract

‘माधवी’ (२०३९) उत्तरवैदिककालीन समाजको ऐतिहासिक पुनर्निर्माण गरी प्रस्तुत गरिएको उपन्यास हो । यस उपन्यासमा पात्रलाई ऐतिहासिक विकासक्रमको संवाहकका रूपमा चित्रित गरिएको छ र उत्तरवैदिक कालको युगीनसन्दर्भलाई सिङ्गो सग्लो रूपमा देखाउनका लागि यस उपन्यासमा माधवीलाई नायिकाको भूमिकामा प्रस्तुत गरिएको छ । उत्तरवैदिक युगका तेह्रवटा जनपदको विकासको स्वरूप प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा माधवीकै सन्दर्भबाट प्रकटिएका छन् । अहिच्छत्रको एक राजकुमारी, एक महामाया गणिका, गालवको गुरुदक्षिणा पूर्तिका लागि केशशुल्का बन्न बाध्यभएकी र चार ओटा सम्राटकी पुत्रप्रसू माता र अन्ततः गालवकी जीवनसँगिनी बन्न पुगेकी माधवीका विभिन्न चारित्रिक विशेषताहरू देखापर्दछन् । ती विशेषताहरूलाई विभिन्न आधारमा यस लेखमा विवेचना गरिएको छ । चारित्रिक विशेषताको विश्लेषण उपन्यासको विधासिद्धान्त अन्तर्गत पात्रविश्लेषणको सिद्धान्तका आधारमा गरिएको छ । अध्ययन गुणात्मक पद्धतिमा गरिएको छ र वर्णनात्मक एवं विवेचनात्मक विधिमा विश्लेषण गरिएको छ । सिङ्गो उत्तरवैदिकयुगको प्रस्तुतिको माध्यम बनेकी माधवी यस उपन्यासकी माधवी महत्वपूर्ण पात्र हो भन्ने यस लेखको निष्कर्ष हो ।

{Madhavi (2039 B. S.) is a novel that presents a historical reconstruction of post-Vedic society. The protagonist in this novel is portrayed as an agency of historical developments. In this novel, Madhavi is presented in the role of a heroine to show the epochal context of the post-Vedic period in its entirety. The pattern of development of the thirteen countries of the post-Vedic period is directly or indirectly revealed in the context of Madhavi. Madhavi, a princess of Ahichchhatra, a Mahamaya courtesan, was forced to become a keshashulka (courtesan) to fulfill Galav's Gurudakshina and became the mother giving birth to four emperor sons and eventually became Galav's life partner. These features are discussed in this article on various grounds. The Characteristic analysis is done based on the character analysis principle under the theory of the novel genre. The study is conducted in a qualitative methodology and is analyzed in a descriptive and critical method. This article concludes that Madhavi is a significant character in this novel, which has become the medium of presentation of the entire post-Vedic era.}

Downloads

Download data is not yet available.
Abstract
67
PDF
94

Downloads

Published

2022-08-08

How to Cite

गैरे Gaire ई. I. (2022). माधवी उपन्यासकी माधवीको चारित्रिक विशेषता {A Characteristic Feature of Madhavi in the Novel Madhavi}. Vangmaya वाङ्मय, 18(1), 13–20. https://doi.org/10.3126/vangmaya.v18i1.47058

Issue

Section

Articles