‘पहेंलो गुलाफ’ कथामा नारी शरीरमाथिको राजनीति {Politics on the Female Body in the Story 'Pahenlo Gulaph'}

Authors

  • नेत्र Netra एटम Atom

DOI:

https://doi.org/10.3126/vangmaya.v18i1.47086

Keywords:

यौनचाहना, प्रभुत्व, प्रतिरोध, उपभोग,, नारीवाद, पितृसत्ता, sexual desire, consumption, feminism, patriarchy, domination, resistance

Abstract

प्रस्तुत लेखमा प्रेमा शाहको ‘पहेँलो गुलाफ’ कथालाई पाठका रूपमा लिई त्यसमा प्रयुक्त नारी शरीरमाथिको राजनीतिका विभिन्न आयामहरूको विश्लेषण र मूल्याङ्कन गरेर उक्त कथाको वैचारिकता निरूपण गरिएको छ । ‘पहेँलो गुलाफ’ कथामा विवाहपछि पतिको पाशविक यौन चाहनाका कारण प्रताडित एउटी नारीको रोगग्रस्त शरीर र त्यस क्रममा पतिद्वारा भएको शरीरमाथिको आक्रामक आशक्तिको चित्रण गर्दै नारी शरीर माथिको शोषण एवम् त्यसले सिर्जना गरेको प्रतिरोधको उद्घाटन गरी नारी शरीर र पितृसत्ताको वर्चस्वका बिचको पारस्परिकता स्थापित गर्नु यस लेखको उद्देश्य हो । यसमा कथा विश्लेषणका निम्ति शरीर राजनीतिको आधारभूत मान्यतालाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी सोद्देश्यमूलक नमुना छनोट पद्धतिबाट पाठगत तथ्याङ्क सङ्कलन गरी सघन विश्लेषण गरिएको छ । त्यसका निम्ति नारी शरीरमा यौनचाहनाको भिन्नताको स्थापना, पितृसत्ताले निर्माण गरेको नारी शरीरप्रतिको पहिचानको प्रतिरोध र नारी शरीरलाई पुरुष प्रभुत्व अन्तर्गत गरिने उपभोगको आलोचनाको सन्दर्भलाई सैद्धान्तिक ढाँचाको उपयोग गरी सम्पन्न गरिएको छ र ‘पहेँलो गुलाफ’ कथामा पितृसत्ताको प्रभुत्वप्रति चिन्तनगत आलोचना तीव्र भए पनि शारीरिक प्रतिरोध गर्न नसक्दा सिर्जित शरीर राजनीतिमा असन्तुलन हुनुका कारण नै ‘म’ पात्रले पृथक् अस्तित्व स्थापना गर्न नसकी आफू तथा पतिको मृत्युको कामना गरेकी हो भन्ने निष्कर्ष निकालिएको छ ।

{In the present article, Prema Shah's story 'Pahenlo Gulaph' (as a yellow rose) has been taken as a text and the ideology of the story has been determined by analyzing and evaluating the various dimensions of politics on the female body used in it. In the story 'PahenloGulaph', the objective is to establish the reciprocity between the dominance of the female body and the dominance of the patriarchy by depicting the diseased body of a woman who was tortured due to her husband's brutal sexual desire after marriage and the aggressive attachment of the husband to the body. For the analysis of the story, the basic values of body politics have been adopted as a theoretical framework and intensive analysis has been done by collecting the textual data from the purposive sample selection system. To this objective, the establishment of the difference in sexual desire in the female body, the resistance of the patriarchal identity to the female body, and the criticism of the consumption of the female body under male domination have been completed using the theoretical framework and in the story 'pahenlo Gulaph', it is concluded that the character 'I' could not establish a separate existence and wished for the death of herself and her husband due to the imbalance in the body politics created due to the inability to resist physically.}

Downloads

Download data is not yet available.
Abstract
115
PDF
81

Downloads

Published

2022-08-08

How to Cite

एटम Atom . न. N. (2022). ‘पहेंलो गुलाफ’ कथामा नारी शरीरमाथिको राजनीति {Politics on the Female Body in the Story ’Pahenlo Gulaph’}. Vangmaya वाङ्मय, 18(1), 51–60. https://doi.org/10.3126/vangmaya.v18i1.47086

Issue

Section

Articles