सङ्कथन विश्लेषणमा डेल हाइम्सको सिद्धान्त {Dell Hymes's Theory in Discourse Analysis}

Authors

  • भरतकुमार Bharatkumar भट्टराई Bhattarai

DOI:

https://doi.org/10.3126/vangmaya.v18i1.47087

Keywords:

सम्प्रेषणको जातिसिद्धान्त, सम्प्रेषणात्मक घटना, जातिसिद्धान्तका एकाइ, विनिमय संरचना, सङ्कथन विश्लेषण, Communication caste theory, Units of Ethnic Theory, Exchange Structure, Configuration Analysis, Communicative Events

Abstract

प्रस्तुत लेख सङ्कथन विश् लेषणको थालनी र त्यसको विकासमा डेल हाइम्सको नवीन सिद्धान्त सम्प्रेषणको जाति सिद्धान्तले थपेको योगदानको मूल्याङ्कनमा केन्द्रित छ । फर्थको भाषिक दृष्टि, ह् यारिसको सङ्कथन विश्लेषण माथिको सर्वप्रथम विमर्श र मिचेलको विनिमय संरचनाको सूक्ष्म ढाँचालाई अँगालेर अगि बढेको सङ्कथन विश्लेषणको परम्परालाई नयाँ आयाम दिई डेल हाइम्सले मानवजातिले व्यवहार गर्ने भाषालाई सपिरले भनेझैँ मानवशास्त्रको अङ्ग तथा सस्युरले मानेझैँ सङ्केतविज्ञानको अङ्ग मान्दै सम्प्रेषणको जातित्व कसरी निर्धारित गरे अनि त्यसका आधारमा परम्परित व्याकरणको सीमाभन्दा माथि राखेर सांस्कृतिक सन्दर्भबाट हेर्दै सङ्कथनको स्तरमा व्याख्या गर्ने सैद्धान्तिक मान्यता विकसित गरे भन्ने समस्या यस लेखको रहेको छ तथा सो समस्याको समाधानार्थ सामग्रीको संयोजन र विश्लेषण गर्ने उद्देश्य यस लेखमा राखिएको छ । यसका लागि सङ्कथन विश्लेषणको सैद्धान्तिक आधार तथा डेल हाइम्सद्वारा प्रस्तुत सन् १९६२, १९६४ र १९७४ का कार्यहरूलाई विश्लेषणका प्रमुख सामग्री तथा तिनलाई सम्पुष्ट गर्ने विद्वान्हरूका अध्ययनलाई द्वितीयक सामग्रीका रूपमा प्रयोग गरिएको छ । लेखले निष्कर्षका रूपमा हाइम्स मानवभाषालाई बृहत्सम्प्रेषणात्मक घटकका रूपमा हेर्दै मानवको व्यवहारलाई जातिविशेषको पहिचान वा बोधका रूपमा विश्लेषण गर्ने अन्तर्दृष्ट भएका सङ्कथन विश्लेषक थिए र यो नवीन दृष्टि नै सङ्कथन विश्लेषणको परम्परामा उनको महत्वपूर्ण योगदान थियो भन् ने ठहर गरेको छ ।

{This article focuses on the beginning of discourse analysis and the evaluation of the contribution of Dell Hymes' new theory of ethnography of communication to its development. Dell Hymes gives a new dimension to developing the tradition of discourse analysis by em bracing Firth's linguistic vision, the first discussion on Harris's discourse analysis, and the subtle structure of Mitchell's exchange structure. The problem of this article is how Hymes believes that language is a part of semiotics as Saussure thinks it, and as Sapir says it, is an integral part of anthropology, how the ethnicity of communication was determined and on the basis of that, how he developed the theoretical notion of interpreting at the level of discourse from the cultural context beyond the limits of traditional grammar and the purpose of this article is to combine and analyze the data to solve this problem. For this, the theoretical basis of discourse analysis and the works of 1962, 1964, and 1974 presented by Dell Hymes have been used as the main data of analysis and the study of the scholars who completed it as secondary data. The article concludes that Hymes was a synthesis analyst with an insight into human language as a broad communicative component and an analysis of human behavior as an identity or perception of a particular race.}

Downloads

Download data is not yet available.
Abstract
125
PDF
155

Downloads

Published

2022-08-08

How to Cite

भट्टराई Bhattarai भ. B. (2022). सङ्कथन विश्लेषणमा डेल हाइम्सको सिद्धान्त {Dell Hymes’s Theory in Discourse Analysis}. Vangmaya वाङ्मय, 18(1), 61–71. https://doi.org/10.3126/vangmaya.v18i1.47087

Issue

Section

Articles