‘राइटर बाजे’ कथामा एकाकीपन {Loneliness in 'Writer Baje' Story}

Authors

  • लेखराज Lekhraj खतिवडा Khatiwada

DOI:

https://doi.org/10.3126/vangmaya.v18i1.47090

Keywords:

व्यक्तिअस्तित्व, मृत्युसत्य, वरण, उत्तरदायित्वबोध, निरर्थक, personality, choice, the truth of death, the sense of responsibility, meaninglessness

Abstract

प्रस्तुत अध्ययनकार्य अस्तित्ववादको एक उल्लेखनीय मान्यताका रूपमा रहेको एकाकीपनका आधारमा विश्वेश्वरप्रसादकोइरालाले रचना गरेको ‘राइटर बाजे’ कथाको विश्लेषणमा केन्द्रित छ र त्यसका लागि मुख्य रूपमा व्याख्यात्मक विधिअवलम्बन गरिएको छ । प्रत्येक मान्छेले आपूmलाई यस बिरानो संसारमा नितान्त एक्लै फालिएको अवस्थामा पाउँछ रयस संसारका ऊ एक पृथक् अस्तित्व लिएर मानिसहरूको भिडमा एक्लै बाँचिरहेको हुन्छ अनि एकाकीपनमा नै उसलाईआफ्नो अस्तित्वबोधसमेत हुन्छ भन्ने मान्यता अस्तित्ववादको रहेको छ । अस्तित्ववादको यस मान्यताको अभिव्यक्तिकोइरालाको प्रस्तुत कथामा निकै कुशल ढङ्गमा गरिएको छ । प्रस्तुत कथाकी नायिका भोटिनीले आफ्नो अस्तित्वकोस्वतन्त्रतालाई अक्षुण्ण राख्दै आफ्ना पालनकर्ता राइटर बाजेलाई पतिवरण गरेपछि नारीत्वको सार्थकता अनुभव गर्नुकासाथै एउटी छोरी जन्मेपछि मातृत्वको सार्थकतासमेत अनुभव गर्दै जीवनका पूर्ण सार्थकताको अनुभूति गरेकी भए पनिअचानक छोरीको मृत्यु भई पतिसमेत क्षयरोगका कारण मृत्युशøयामा छटपटाएपछि पतिको उपचारार्थ खर्च जुटाउनवेश्यासमेत बनेकी भए पनि पतिले संसार त्यागेर गएपछि कुष्ठरोग लिँदै एकाकीपनबोध गरेर जीवन बाँच्न बाध्य भएकोदेखाइएको छ । यसबारे खासै अध्ययन नभएकाले यो अध्ययन गरिएको हो । त्यसको अध्ययनका लागि पुस्तकालयीयकार्यद्वारा सामग्री सङ्कलन गरिएको छ र सामग्रीको विश्लेषण वर्णनात्मक, व्याख्यात्मक एवं विवेचनात्मक विधिमागरिएको छ । भोटिनीले एक्लै जीवनमा महŒवपूर्ण निर्णयहरू गर्दै ती निर्णयबाट उत्पन्न परिस्थितिप्रतिको उत्तरदायित्वएक्लै वहन गर्नुका साथै समग्र जीवन एकाकीपनबोध गर्दै बाँच्नुपरेको देखाई प्रस्तुत कथामा अस्तित्ववादको एक मूलभूतमान्यताका रूपमा रहेको एकाकीपनको अभिव्यक्ति निकै प्रभावकारी ढङ्गमा गरिएको छ भन्ने यस अध्ययनको निष्कर्षरहेको छ ।

{It examines the story 'Writer Baje' by Bishweshwar Prasad Koirala on the basis of loneliness, a belief characteristic of existentialism. In this research, the mainly explanatory method has been used. In this strange world, we find ourselves totally alone. In this world, we live alone in a crowd of people, each with their own existence. Simultaneously, existentialism argues that alone, we experience our own sense of existence. This idea of existentialisms expressed quite well in Koirala's story. Bhotini, the protagonist of this story, has discovered the importance of femininity after marrying the writer Baje and maintaining her independence of existence. She has also realized the significance of parenting with the birth of her daughter. She first understood the true meaning of life. Her daughter died unexpectedly, and her husband was also suffering from tuberculosis. She has been unable to raise funds for her husband's medical treatment since he became gravely ill. As a result, she has turned into a prostitute. She was left alone after her husband died. She is afflicted with leprosy. This study has been done as there are not many studies on it. For its study, the material has been collected through library work and the material has been analyzed in descriptive, explanatory, and critical methods. The study concludes that Bhotini makes important decisions in life alone, bearing responsibility for the circumstances arising from those decisions, and living a life of loneliness as a whole.}

Downloads

Download data is not yet available.
Abstract
62
PDF
50

Downloads

Published

2022-08-08

How to Cite

खतिवडा Khatiwada ल. L. . (2022). ‘राइटर बाजे’ कथामा एकाकीपन {Loneliness in ’Writer Baje’ Story}. Vangmaya वाङ्मय, 18(1), 89–98. https://doi.org/10.3126/vangmaya.v18i1.47090

Issue

Section

Articles