अप्रिय उपन्यासमा अन्तर्पाठीयता

Authors

  • अनुपमा रेग्मी

DOI:

https://doi.org/10.3126/vangmaya.v19i01.59232

Keywords:

अधिपाठ, अन्तर्पाठकीयता, जेनोटेक्स्ट, पाठ, विनिर्माण

Abstract

प्रस्तुत लेखमा अन्तर्पाठीयताको सिद्धान्तका आधारमा ध्रुवचन्द्र गौतमको 'अप्रिय’ उपन्यासको अध्ययन गरिएको छ । यस उपन्यासमा अन्तर्पाठ प्रस्तुत भएका सन्दर्भको खोजी गरी तिनको पहिचान एवं विश्लेषण गरिएका कारण यो अध्ययन गुणात्मक प्रकृतिको छ । यस लेखमा व्याख्यात्मक एवम् विश्लेषण विधिको प्रयोग गरिएको छ । अन्तर्पाठीयताको सैद्धान्तिक मान्यताअनुसार 'अप्रिय’ उपन्यासमा साहित्य, मिथक र विज्ञान विषयको अन्तर्पाठ भएका सन्दर्भहरूको खोजी गरी तिनको व्याख्या विश्लेषण गरिएको छ । साहित्यकारका नाम, साहित्यिक कृतिहरू, नेपाली गीत, यथार्थवादी साहित्य सिद्धान्तको मान्यता, लेखनाथ पौड्यालको कविताको अंश साहित्यिक अन्तर्पाठका रूपमा, पुराणका नाम, पुराणवर्णित स्थल, भगवान्का आयुध, व्रिmयाकलापलगायत मिथकीय सन्दर्भहरू र शरीरविज्ञान, खगोलविज्ञान, जीवविज्ञान, रसायन विज्ञान, प्रविधि विषयका विभिन्न पारिभाषिक शब्द यसमा अन्तर्पाठ भएका छन् । यस अध्ययनबाट 'अप्रिय’ उपन्यासको निर्मितिमा विभिन्न पाठहरूको जोडजाड भएको, त्यसले गौतमको लेखनका वैशिष्ट्यलाई चिनाएको, कृतिमा स्वैरकल्पना, व्यब्ग्य र फेबुलेसनको प्रस्तुति गराएको, अर्थगत विस्तार र गहनतालाई प्रस्तुत गरेको निष्कर्ष प्राप्त भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
57
PDF
77

Downloads

Published

2023-10-31

How to Cite

रेग्मी अ. (2023). अप्रिय उपन्यासमा अन्तर्पाठीयता. Vangmaya वाङ्मय, 19(01), 1–10. https://doi.org/10.3126/vangmaya.v19i01.59232

Issue

Section

Articles