एउटी स्वास्नीमान्छेको अन्तर्वार्ता कवितामा वर्चस्व

Authors

  • अमृता शर्मा

DOI:

https://doi.org/10.3126/vangmaya.v19i01.59233

Keywords:

पितृसत्ता, वर्चस्व, विचारधारा, विभेदीकरण, सांस्कृतिक प्रभुत्व

Abstract

प्रस्तुत लेखमा पारिजातको 'एउटी स्वास्नीमान्छेको अन्तर्वार्ता’ कवितालाई पाठका रूपमा लिई त्यस कवितामा
प्रयुक्त वर्चस्वका विभिन्न अवस्थाहरूको विश्लेषणमार्फत कवितामा व्यक्त आर्थिक र सांस्कृतिक वर्चस्वको विश्लेषण
गरिएको छ । यस सन्दर्भमा कविताको विश्लेषणका लागि आन्तोनियो ग्राम्चीले प्रस्तुत गरेको वर्चस्वसम्बन्धी मान्यतालाई
विश्लेषणको आधारका रूपमा उपयोग गरिएको छ । यसका लागि आर्थिक वर्चस्व र सामाजिक–सांस्कृतिक वर्चस्व
गरी दुईवटा पर्याधारहरूको निर्माण गरी पाठगत तथ्यहरूको विश्लेषण गरिएको छ । यस कवितामा नेपाली वर्गीय
संरचनायुक्त समाजमा उच्च वर्गले निम्न वर्गका नारी र पुरुष दुवैमाथि सहमति तथा बल दुवैको प्रयोगमार्फत आर्थिक
र सामाजिक–सांस्कृतिक वर्चस्व कायम गरेको विचार व्यक्त भएको छ । निम्नवर्गीय र निम्नजातीय नारीहरूमाथि यो
वर्चस्वको अवस्था झनै उत्पीडनकारी रहेको चिन्तन व्यक्त भएको छ । यस कवितामा पितृसत्तात्मक वर्गीय समाजमा
निम्नवर्गीय एवं निम्नजातीय नारीहरूमाथि कायम भएको वर्चस्व आर्थिक नियन्त्रणका आधारमा गरिएको नारीहरूको
श्रमशक्तिको शोषणमा मूल रूपमा आधारित रहेको र यसलाई सामाजिक–सांस्कृतिक अधिरचनाहरूले तीव्र बनाएको
चिन्तन प्रस्तुत गरिएको छ । यस कवितामा श्रमविभाजनको प्रक्रिया श्रमशक्तिको शोषणको आधार भएको र यसले मानव
मानवबिच विभेदीकरणको पद्धति विकास गरेको हो भन्ने विचारलाई नम्नवर्गीय एवं निम्नजातीय नारीपात्रका अवस्था,
उसका भनाई र विचारमार्फत व्यञ्जित गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
47
PDF
30

Downloads

Published

2023-10-31

How to Cite

शर्मा अ. (2023). एउटी स्वास्नीमान्छेको अन्तर्वार्ता कवितामा वर्चस्व. Vangmaya वाङ्मय, 19(01), 11–21. https://doi.org/10.3126/vangmaya.v19i01.59233

Issue

Section

Articles