रातभरि हुरी चल्यो कथामा समाख्यानात्मक तह

Authors

  • अविलाल शाह

DOI:

https://doi.org/10.3126/vangmaya.v19i01.59234

Keywords:

अन्तर्निष्ठ, अन्तर्वेशन, गैरआख्यानात्मक, वहिर्निष्ठ, सञ्चरण

Abstract

प्रस्तुत लेखमा कथाकार इन्द्रबहादुर राईद्वारा लिखित 'रातभरि हुरी चल्यो’ कथाको समाख्यानात्मक तहको अध्ययन
गरिएको छ । सामाजिक समस्यालाई मूल विषय बनाएर लेखिएको प्रस्तुत कथाको समाख्यानात्मक तहगत संरचना र
प्रस्तुतिशैलीको खोजीमा यो लेख केन्द्रित छ । यसका लागि समाख्यानशास्त्री जानले अगाडि सारेको समाख्यानात्मक
सम्प्रेषणको तह र समाख्यानात्मक अन्तर्वेशनसम्बन्धी अवधारणालाई सैद्धान्तिक ढाँचाको रूपमा प्रयोग गरिएको छ ।
यसमा गुणात्मक अनुसन्धान ढाँचा र विश्लेषणात्मक विधिको अवलम्बन गरी समाख्यानात्मक संरचनाका घटकहरूबिचको
लम्बीय तथा क्षितिजीय सम्बन्ध विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । यस कथामा मूलतः कार्यात्मक र आख्यानात्मक
तह रहेका छन्। कथामा समाख्यानात्मक अन्तर्वेशनको स्थिति नदेखिए पनि तीनवटा कथांश भने आएका छन्। यसले
समाख्यानात्मक तहलाई व्यवस्थित बनाएको छ । पाठमा भएका घटनाक्रम र संवादलाई उदाहरणका रूपमा लिई
समाख्यानात्मक तहलाई प्रस्ट पारिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
81
PDF
54

Downloads

Published

2023-10-31

How to Cite

शाह अ. (2023). रातभरि हुरी चल्यो कथामा समाख्यानात्मक तह. Vangmaya वाङ्मय, 19(01), 22–31. https://doi.org/10.3126/vangmaya.v19i01.59234

Issue

Section

Articles