सुलोचना महाकाव्यमा प्रयोगशीलता

Authors

  • फणीन्द्रराज निरौला

Keywords:

करुणा, त्रास, पञ्चसन्धि, प्रयोग, स्वच्छन्दतावाद

Abstract

प्रस्तुत लेखमा महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित सुलोचना महाकाव्यमा प्रयोगशीलताका बारेमा निरूपण गरिएको छ । प्रयोगशीलतासम्बन्धी सैद्धान्तिक अवधारणाका साथै पूर्वीय तथा पाश्चात्य काव्यशास्त्रका महाकाव्यसम्बन्धी सैद्धान्तिक मान्यतालाई आधार मानी महाकाव्यमा प्रयोगशीलताको खोजी गरिएको छ । महाकाव्यको प्रारम्भ र सर्गबन्धता जस्ता केही पक्षलाई हेर्दा काव्यशास्त्रीय मान्यताको पालना गरिएको देखिए पनि विषयवस्तुको चयन, नायकनायिकाको चरित्रोद्घाटन, रस तथा लयविधान आदि तत्त्वहरूको प्रयोग नवीन किसिमले गरिएको निष्कर्ष निकाएको छ । यहाँ पूर्वीय काव्यशास्त्रले आत्मसात् गरेका सैद्धान्तिक मान्यताहरूलाई प्रायः अस्वीकार गरिएको निष्कर्ष पनि निकालिएको छ । सामाजिक विषयवस्तुलाई अब्गीकार गरी लेखिएको यस काव्यमा समाजका कुपरम्पराका कारण वियोगान्तसम्बन्धी मूल भाव निकै सशक्त र प्रभावकारी बनेको छ । करुण अब्गी रसका रूपमा आएको यस काव्यलाई चरमोत्कर्षमा पुर्‍याउन अब्ग रसका रूपमा आएका अन्य रसहरूले मद्दत गरेका छन् भन्ने निष्कर्षका साथै लयविधानमा समेत प्रयोगशीलता पाइने कुरालाई विश्लेषणात्मक विधिका आधारमा निरूपण गरिएको छ ।

Abstract
375
PDF
0

Downloads

Published

2023-10-31

How to Cite

सुलोचना महाकाव्यमा प्रयोगशीलता. (2023). Vangmaya वाङ्मय, 19(01), 75-83. https://doi.org/10.3126/vangmaya.v19i01.59245

Issue

Section

Articles

How to Cite

सुलोचना महाकाव्यमा प्रयोगशीलता. (2023). Vangmaya वाङ्मय, 19(01), 75-83. https://doi.org/10.3126/vangmaya.v19i01.59245