थारू, मगर र कुमाल जातिमा प्रचलित सोरठीनाचका पात्रका भूमिकाको तुलना

Authors

  • मुकुन्द शर्मा

DOI:

https://doi.org/10.3126/vangmaya.v19i01.59249

Keywords:

पुर्ख्यौली, भूमिकागत, वैषम्य, सादृश्यमूलक, साम्य

Abstract

प्रस्तुत लेख थारू, मगर र कुमाल जातिमा प्रचलित सोरठी नाचका पात्रहरूको भूमिकागत तुलना गर्नुमा केन्द्रित छ । थारू नेपालको तराई र मगर तथा कुमाल मध्यपहाडी भूभागमा बसोवास गर्ने जाति विशेष हुन् जसको आआफ्नै भाषा, संस्कृति, रीतिरिवाज र परम्परा, भाषा, साहित्य र लोकसाहित्य छ । लोकसाहित्यका नृत्यनाट्य विधाहरू विशेष मनोरञ्जन प्रदान गर्ने सामूहिक प्रकृतिका हुन्छन् । यिनका विषय र प्रस्तुति शैलीमा जाति, भाषा, संस्कृति र भूगोलअनुसार भिन्न भिन्न रहे पनि कतिपय विषय भने समान प्रकृतिका पनि हुन्छन् जसमा सम्बन्धित जाति र भूगोलको अभिव्यक्ति पाइन्छ । यसै अन्तर्गत सोरठी नृत्यनाट्यको प्रस्तुति गर्ने कार्य पनि पर्दछ । अध्ययनीय सोरठीका चारित्रिक भूमिकामा समान विषयका कारणले केही साम्य र भिन्न भिन्न जाति, भाषा, संस्कृति र भूगोलका कारणले चारित्रिक भूमिकामा आगम, लोप, अनुकूलन, विपर्यय र परिवर्तन जस्ता प्रभावक तत्त्व घटित भई वैषम्य पनि पाइन्छ । यस्ता साम्य र वैषम्यको पहिचान तुलनात्मक अध्ययनबाट गर्न सकिन्छ । तुलनाका पनि विभिन्न सम्प्रदायमध्ये यस आलेखमा मुख्यतः अमेरिकी सम्प्रदायद्वारा स्थापित सौन्दर्यात्मक सम्बन्धको खोजी र अंशतः रुसी सम्प्रदायद्वारा स्थापित साहित्यको समाजसँग सम्बन्ध हुन्छ भन्ने मान्यताका आधारमा पात्रमा सादृश्यमूलक सम्बन्ध, पात्रका परम्परित भूमिका, पात्र प्रयोगमा प्रभावपरकता, पात्र प्रयोगमा स्वीकृति तथा सञ्चारणता एवम् विषयवस्तु चयन, पाठ प्रस्तुति र भाषा प्रयोगमा प्रेरणा, प्रभाव र साम्य जस्ता बुँदालाई विश्लेष्य तत्त्वका लिई तीनवटै सोरठीमा प्रयुक्त पात्रका भूमिकाको तुलनात्मक विश्लेषण गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
49
PDF
34

Downloads

Published

2023-10-31

How to Cite

शर्मा म. (2023). थारू, मगर र कुमाल जातिमा प्रचलित सोरठीनाचका पात्रका भूमिकाको तुलना. Vangmaya वाङ्मय, 19(01), 109–124. https://doi.org/10.3126/vangmaya.v19i01.59249

Issue

Section

Articles