मुक्ति रामायण काव्यका मिथकीय पात्रको सान्दर्भिकता

Authors

  • शालिकराम पौड्याल

Keywords:

आद्यरूप, खलनायक, निरङ्कुश, पात्र, मिथकीय, मिथकीय पात्र, विद्रही पात्र

Abstract

युद्धप्रसाद मिश्रको खण्डकाव्य 'मुक्ति रामायण’मा रामायणका मिथकलाई उपयोग गर्दा रामायणकै मिथकीय पात्रलाई प्रयोग गरिएको छ । यस काव्यमा रामायणीय मिथकका पात्रको चारित्रिक वैशिष्ट्यलाई जस्ताको तस्तै प्रयोग नगरी तत्कालीन युग सुहाउँदो पात्रका रूपमा परिवर्तन गरी मिथकीय पात्रको पुनर्सिजन गरिएको छ । प्रस्तुत काव्यमा ईश्वरीय शक्तिका रूपमा रहेका रामलाई मानवीय, विद्रोही, क्रान्तिकारी पात्रका रूपमा तथा सीतालाई सहनशील आदर्श नारीका रूपमा नभई विद्रोही र सब्घर्षशील नारीका रूपमा प्रयोग गरिएको छ । प्रस्तुत काव्यमा आदर्श पात्र शरभङ्ग ऋषिलाई अन्यायको विरोधी तथा चेतनशील पात्रका रूपमा देखाइएको छ भने रावणलाई शक्तिउन्मत्त शासकका रूपमा, जटायुलाई विद्रोही पात्रका रूपमा, शूर्पणखालाई कामवासनाले लिप्त पात्रका रूपमा चित्रण गरिएको छ । उपर्युक्त पात्रहरूको प्रयोग गरी कवि युद्धप्रसाद मिश्रले जनताका हितका खातिर विद्रोह गर्दा आफू निर्वासित हुनुपरेको सन्दर्भलाई ल्याएर अत्याचारी, अन्यायी, शोषकीय प्रवृत्ति भएका शासकका विरुद्ध नेपाली जनता सधैँ क्रान्ति गर्न तत्पर रहेको विषयलाई अभिव्यञ्जित गरेका छन् । कविले यस काव्यमा निरब्कुश शासकको विनाश नभएसम्म परिवर्तन नआउने र जनताका अधिकार स्थापित नहुने कुरालाई मिथकीय पात्रको प्रयोग गरी अभिव्यक्त गरेका छन् भन्ने निष्कर्ष प्रस्तुत लेखमा आएको छ ।

Abstract
308
PDF
0

Downloads

Published

2023-10-31

How to Cite

मुक्ति रामायण काव्यका मिथकीय पात्रको सान्दर्भिकता. (2023). Vangmaya वाङ्मय, 19(01), 125-139. https://doi.org/10.3126/vangmaya.v19i01.59250

Issue

Section

Articles

How to Cite

मुक्ति रामायण काव्यका मिथकीय पात्रको सान्दर्भिकता. (2023). Vangmaya वाङ्मय, 19(01), 125-139. https://doi.org/10.3126/vangmaya.v19i01.59250