ग्यास च्याम्बरको मृत्यु कथामा सांस्कृतिक प्रभुत्व

Authors

  • हेम भण्डारी

DOI:

https://doi.org/10.3126/vangmaya.v19i01.59252

Keywords:

प्रभुत्व, प्रतिरोध, मानवतावाद, शक्तिसम्बन्ध, शासन

Abstract

आर्जित शक्तिका पृष्ठभूमिमा रही हिटलरले विकास गरेको दमनकारी चरित्रलाई ग्यास च्याम्बरको मृत्यु कथामा अभिव्यक्त गरिएको छ । यहुदीविनाशका नाममा हिटलरले कायम गरेको जातीय प्रभुत्व यस कथाको मुख्य विषय हो । प्रभुत्व हासिल गर्न हिटलरले अपनाएको दमनात्मक शैली परिधीय प्रतिरोधको प्रमुख कारण बन्न पुगेको छ । जातीय प्रभुत्वका पृष्ठाधारमा विकसित वर्गीय तथा लैब्गिक प्रभुत्वको स्वरूप, प्रक्रिया र चरित्र यस कथाका प्रमुख अनुसन्धेय क्षेत्रहरू हुन् । यस अध्ययनमा विश्लेष्य कथामा अभिव्यक्त प्रभुत्वको स्वरूप, प्रक्रिया र चरित्रलाई विश्लेषण तथा मूल्याब्कन गर्ने उद्देश्य लिइएको छ । यस कार्यका लागि उद्देश्यमूलक नमुना छनोट विधिको प्रयोग गरी पुस्तकालयकार्यलाई सामग्री सब्कलनको माध्यम बनाइएको छ । यस अध्ययनमा सांस्कृतिक अध्ययनको सैद्धान्तिक पृष्ठभूमिबाट वर्गीय, जातीय तथा लैब्गिक प्रभुत्व, प्रभुत्व हासिल गर्ने शैली, प्रभुत्व र प्रतिप्रभुत्वका बिचको द्वन्द्व जस्ता प्रभुत्वको स्वरूप र प्रक्रियासम्बद्ध विषयलाई कथाविश्लेषणको आधारका रूपमा प्रयोग गरिएको छ । यसका आधारमा हिटलरको दमनात्मक चरित्रका कारण सिर्जित जातीय प्रभुत्व र त्यसका पृष्ठभूमिमा विकसित वर्गीय तथा लैङ्गिक प्रभुत्वको अवस्था मूल्याङ्कन गरी प्रभुत्वको स्वरूप र चरित्र सार्वजनिक गरिएको छ । यहुदीदमनको विषय हिटलरको शासकीय प्रभुत्व हुँदै परिधीय प्रतिरोध जागृतिको कारण बन्न पुगेको विश्लेषण गरी प्रतिरोधको प्रवृत्ति यसमा मूल्याङ्कन गरिएको छ । यसबाट सत्ता, शक्ति, प्रभुत्व र अहम्का विरुद्धमा प्रतिरोध जागृत भई प्रतिप्रभुत्व निर्माण हुने निचोडमा पुगिएको छ । प्रस्तुत अध्ययनमा शासकीय दमनका कारण सिर्जित प्रतिरोध नै प्रभुत्वशाली सत्ताको अस्तित्व निस्तेज पार्ने प्रमुख कारण र माध्यम हो भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
44
PDF
42

Downloads

Published

2023-10-31

How to Cite

भण्डारी ह. (2023). ग्यास च्याम्बरको मृत्यु कथामा सांस्कृतिक प्रभुत्व. Vangmaya वाङ्मय, 19(01), 140–152. https://doi.org/10.3126/vangmaya.v19i01.59252

Issue

Section

Articles