लोकसाहित्यको मनोविश्लेषणात्मक अध्ययनपद्धति

Authors

  • दुर्गाबहादुर घर्ती नेपाली केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर

DOI:

https://doi.org/10.3126/vangmaya.v20i01.68156

Keywords:

पाठककेन्द्री, पाठकेन्द्री, पात्रकेन्द्री, प्रस्तोता, लेखककेन्द्री

Abstract

लोकसाहित्य मौखिक रूपमा परम्परादेखि समाजमा प्रचलित हुँदै आएको साहित्य हो । यो लोकवार्ताको एउटा विधा हो र यसको अभिव्यक्ति भाषाका माध्यमद्वारा हुन्छ । लोकसाहित्यका लोकगीत, लोककथा, लोकनाटक, लोकगाथा, गाउँखाने कथा, उखान, टुक्काजस्ता विधा हुन्छन् । लोसाहित्यको अध्ययन गर्ने विभिन्न पद्धतिहरू छन् र तीमध्ये मनोविश्लेषणात्मक अध्ययनपद्धति पनि एक हो । सिग्मन्ड फ्रायडद्वारा स्थापित मनोविश्लेषणात्मक सिद्धान्त नै मनोविश्लेषणात्मक अध्ययनको सैद्धान्तिक आधार हो । मनोविश्लेषणात्मक सिद्धान्त अचेतनसम्बन्धी अवधारणामा आधारित छ । फ्रायडपछि अरू विभिन्न विद्वान्हरूले मनोविश्लेषात्मक सिद्धान्तको परिमार्जन र संशोधनको प्रयत्न गरेका छन् । तिनै मान्यताहरूका आधारमा साहित्यको पठन हुन थालेपछि मनोविश्लेषणात्मक अध्ययनको आरम्भ भएको हो । तिनै आधारमा लोकसाहित्यको मनोविश्लेषणात्मक अध्ययन गर्न सकिन्छ । प्रस्तुत अध्ययनमा सिग्मन्ड फ्रायड, अल्फ्रेड एडलर, कार्ल गुस्ताभ युङ्ग र ज्याक लकाँका मान्यतालाई मुख्य आधार बनाइएको छ । यस अध्ययनका लागि सामग्री सङ्कलन पुस्तकालयकार्यद्वारा गरिएको छ । सामग्री विश्लेषण गुणात्मक पद्धतिमा आधारित छ र त्यसका लागि विषयवस्तु विश्लेषणको विधि अपनाइएको छ । यसका लागि सैद्धान्तिक ढाँचा र पूर्वकार्यको अध्ययनद्वारा अवधारणात्मक ढाँचाको निर्माण गरिएको छ । अचेतन इच्छा, अन्तद्र्वन्द्व, अहम्–प्रतिरक्षा, मनोग्रन्थि, दैनिक जीवनका गल्ती, आद्यस्वरूप, व्यक्तित्व, अन्यपन अवधारणात्मक ढाँचाका नमुना हुन् र तिनका विभिन्न सूचक हुन्छन् । यी अवधाणा र सूचकहरूका आधारमा लोकसाहित्यको मनोविश्लेषणात्मक अध्ययन गहन, सूक्ष्म र व्यवस्थित हुन्छ भन्ने यस अध्ययनको निष्कर्ष हो ।

 

Downloads

Download data is not yet available.
Abstract
303
PDF
117

Downloads

Published

2024-08-06

How to Cite

घर्ती द. (2024). लोकसाहित्यको मनोविश्लेषणात्मक अध्ययनपद्धति. Vangmaya वाङ्मय, 20(01), 1–12. https://doi.org/10.3126/vangmaya.v20i01.68156

Issue

Section

Articles