गीता केशरीका उपन्यासमा नारीचेतना

Authors

  • Ambika Aryal

Keywords:

अस्तित्व, अधीनता, द्विचर, पुरुषप्रभुत्व, यौनिकता

Abstract

प्रस्तुत आलेख गीता केशरीका उपन्यासमा नारीचेतनाको अध्ययनमा आधारित छ । सत्तामा पुरुषको एकाधिकार, नेतृत्व, वर्चस्व रहनु नै पितृसत्ता हो । यो लेख पितृसत्ताले नारीमाथि गर्ने शासन, दमन र विभेदका विरुद्ध नारीले गरेका विद्रोह, सङ्घर्ष तथा त्यसप्रतिको प्रतिरोधी चेतनाको प्रस्तुति उनका उपन्यास केकसरी गरिएको छ भन्ने मूल जिज्ञासामा केन्द्रित छ । यस लेखमा केशरीका उपन्यासलाई प्राथमिक सामग्रीका रूपमा तथा पितृसत्तासम्बन्धी सिद्धान्त एवम् विश्लेष्य उपन्याससँग सम्बन्धित अध्ययनलाई द्वितीयक सामग्रीका रूपमा लिइएको छ । यसमा सिमोन द बुभाले अघि सारेका पितृसत्ताप्रतिको प्रतिरोधी चेतनासम्बन्धी नारीवादी सिद्धान्तलाई कृतिविश्लेषणको सैद्धान्तिक आधार मानी निगमनात्मक विधिबाट तथ्यको विश्लेषणपश्चात समस्याको समाधान गरिएको छ । सोद्देश्यमूलक नमुना छनोटविधिका आधारमा पितृसत्ताविरोधी चेतना प्रबल भएका कृतिलाई यस आलेखमा विश्लेष्य सामग्रीका रूपमा चयन गरिएको छ । उनका उपन्यासहरूमा राजनीति, समाज र विश्वकै प्रभावले नारीहरूलाई आफ्नो अधिकार रक्षाका लागि सचेत तुल्याएको सन्दर्भ, कुमारी आमामाथि प्रश्नचिह्न लगाउने समाजलाई नारीहरूले जवाफ दिन चालेको कदम, शिक्षा, रोजगार, सम्पत्ति आदिमाथि पितृसत्ताको नियन्त्रणका कारण नारीले आफ्नो अस्तित्वको रक्षा गर्न नसकेको सन्दर्भको चित्रण गरिएको छ । यी उपन्यासमा प्रस्तुत पितृसत्तात्मक दमन तथा यौनहिंसाको विरोधप्रतिको चेतनाको विश्लेषणबाट विभेदमुक्त समाजनिर्माणको दिशामा केशरीका उपन्यासले पु¥याएको योगदान निकै महइभ्वपूर्ण रहेको निष्कर्ष यसमा
निकालिएको छ ।

Abstract
215
PDF
1

Downloads

Published

2024-08-06

How to Cite

गीता केशरीका उपन्यासमा नारीचेतना . (2024). Vangmaya वाङ्मय, 20(01), 126-137. https://doi.org/10.3126/vangmaya.v20i01.68157

Issue

Section

Articles

How to Cite

गीता केशरीका उपन्यासमा नारीचेतना . (2024). Vangmaya वाङ्मय, 20(01), 126-137. https://doi.org/10.3126/vangmaya.v20i01.68157