पहेली उपन्यासमा साइबर प्रौद्योगिकी

Authors

  • Dipak Dhakal

Keywords:

मिथकीय पुनसृजन, विघठन, साइबर, प्रौद्योगिकी, साइबर स्पेस, सार्वजनिक सञ्जाल

Abstract

प्रस्तुत लेखमा साइबर संस्कृतिको प्रभावका कारण ‘पहेली’ उपन्यासका चरित्रले भोगेका समस्या विश्लेषण गरिएको छ । यस लेखमा इन्टरनेट सञ्जालको विस्तार र यसका सीमालाई समयमा नै बुझ्न नसक्दाको परिणामलाई सूक्ष्म रूपले विश्लेषण गरिएको छ । साइबर संस्कृतिका कारण व्यक्तिका निजी र गोपनीय पक्ष सार्वजनिक बनेका छन् । सार्वजनिक सञ्जालको प्रकृति भनेकै सर्वकालीन, सर्वस्थानिक र भौतिक दिक्का सीमाविहीन भएको अवस्था हो । त्यसैले हरेक व्यक्तिका भौतिकी पनि मेटिएर देखापरेको हुन्छ । यसैको प्रभावलाई प्रस्तुत लेखमा विश्लेषण गरिएको छ । यस लेखको शोधक्षेत्र र समस्या सेद्देश्य रूपले चयन गरिएको हो । विश्लेषणका आवश्यक सामग्री र तथ्यका निम्ति पुस्तकालयलाई स्रोतका रूपमा प्रयोग गरिएको छ । ‘पहेली’ उपन्यासलाई प्राथमिक र साइबर संस्कृति विषयक सैद्धान्तिक एवं ‘पहेली’ पन्यासका विषयमा भएका अध्ययनलाई द्वितीयकका रूपमा यस लेखमा प्रयोग गरिएको छ । उपन्यासको सूक्ष्मपठन तथा त्यसका अन्तर्यमा संयोजन गरिएको साइबर संस्कृतिले मानवीय जीवनमा परेका प्रभावलाई लम्बीय स्वरूप  दिइएकाले प्रस्तुत लेख गुणात्मक बनेको छ । इन्टरनेट सञ्जालमा प्रवेशसँगै व्यक्तिका निजी विषय सार्वजनिक चियो, जानकारी, सूचना र क्रियाप्रतिक्रियाको आधार बन्छ । सञ्जालमा जोडिएका सबै व्यक्तिको सोच र व्यवहार समान नहुने भएकाले कुनै व्यक्तिको गलत सोचाइ तथा व्यवहारका कारण अर्को व्यक्तिका जीवनमा गहिरो विषाद तथा हानि सृजना हुन्छ भन्ने विचार प्रस्तुत लेखको निष्कर्ष हो

Abstract
282
PDF
16

Downloads

Published

2024-08-06

How to Cite

Dhakal, D. (2024). पहेली उपन्यासमा साइबर प्रौद्योगिकी. Vangmaya वाङ्मय, 20(01), 104-114. https://doi.org/10.3126/vangmaya.v20i01.68174

Issue

Section

Articles

How to Cite

Dhakal, D. (2024). पहेली उपन्यासमा साइबर प्रौद्योगिकी. Vangmaya वाङ्मय, 20(01), 104-114. https://doi.org/10.3126/vangmaya.v20i01.68174