'मातृत्व' कथामा समाख्यानात्मक सङ्केन्द्रण

Authors

  • Gobinda Prasad Luitel

Keywords:

दृष्टिविन्दु, सङ्केन्द्रक, सङ्केन्द्रित विचार, सङ्केन्द्रित विषय, समाख्याता

Abstract

‘मातृत्व’ कथाको समाख्यानात्मक सङ्केन्द्रण अध्ययनमा केन्द्रित यस लेखमा मुख्य रूपमा उक्त कथाका सङ्केन्द्रक, सङ्केन्द्रित विषय एवम् सङ्केन्द्रित विचारको मूल्याङ्कन गरिएको छ । समाख्यानात्मक सङ्केन्द्रण आख्यानबाट अभिमुख सूचनालाई समाख्याता वा पात्रको संज्ञानबाट प्रस्तुत गर्ने विशिष्ट व्यवस्था हो । यस लेखमा समाख्यानात्मक सङ्केन्द्रणको यही सैद्धान्तिक मान्यताका आधारमा ‘मातृत्व’ कथामा पाइने सङ्केन्द्रण व्यवस्थाको विश्लेषण गरिएको छ । यसका लागि प्राथमिक सामग्री छनौट गर्दा सोद्देश्य नमुना पद्धतिको प्रयोग गरिएको छ । पाठविश्लेषणमा आधारित भई शब्द र वाक्यको विश्लेषण गरी अर्थनिर्धारण गरिएकाले सामग्री विश्लेषणमा गुणात्मक अध्ययन पद्धतिको अवलम्बन गरिएको छ भने सैद्धान्तिक ढाँचामा समाख्यानात्मक सङ्केन्द्रणको सैद्धान्तिक स्वरूपको उपयोग गरिएको छ । विश्लेषणको ढाँचाअन्तर्गत समाख्यानात्मक सङ्केन्द्रणसँग सम्बद्ध अवधारणा र त्यसका सूचकको निर्माण गरी त्यसकै आधारमा सामग्री विश्लेषण गरिएको छ । यस लेखमा सङ्केन्द्रणको अध्ययन गर्दा यसमा सङ्केन्द्रक, सङ्केन्द्रित विषय एवम् सङ्केन्द्रित विचार आदि पक्षको अन्तःसम्बन्धबाट निर्मित सङ्केन्द्रण व्यवस्था र त्यसको कलापक्षको पनि निरूपण गरिएको छ । यस अध्ययनमा पात्र सङ्केन्द्रक भोक्ता ‘म’ पात्रको संज्ञान वा अनुभवका आधारमा समाख्यानात्मक सूचनालाई व्यवस्थित एवम् विश्वसनीय ढङ्गबाट पाठकका मस्तिष्कसम्म सार्ने प्रविधिको प्रयोग भएकाले प्रस्तुत कथामा सौन्दर्यको उपस्थापन हुनुका साथै सङ्केन्द्रणको समुचित प्रयोग भएको छ भन्ने कुरालाई निष्कर्षका रूपमा प्रस्तुत गरिएको छ ।

Abstract
326
PDF
0

Downloads

Published

2024-08-06

How to Cite

’मातृत्व’ कथामा समाख्यानात्मक सङ्केन्द्रण. (2024). Vangmaya वाङ्मय, 20(01), 73-83. https://doi.org/10.3126/vangmaya.v20i01.68201

Issue

Section

Articles

How to Cite

’मातृत्व’ कथामा समाख्यानात्मक सङ्केन्द्रण. (2024). Vangmaya वाङ्मय, 20(01), 73-83. https://doi.org/10.3126/vangmaya.v20i01.68201