जीवन काँडा कि फूलमा अपाङ्गता चिन्तन

Authors

  • अमृता Amrita शर्मा Sharma

Keywords:

अपाङ्गता, दमन, पृथकीकरण, बेवास्ता, रूपान्तरण

Abstract

प्रस्तुत लेखमा झमक घिमिरेको आत्मसंस्मरणात्मक कृति जीवन काँडा कि फूल’ मा अभिव्यक्त अपाङ्गता चेतनाको विश्लेषण गरिएको छ। यस कृतिमा शारीरिक कमजोरीसहित जन्मिएका कारण लेखकले पारिवारिक र सामाजिक स्तरमा भोग्नुपरेको विभेद र त्यसले निम्त्याएका जटिलताका साथै उनले गरेको सङ्घर्षका विविध स्वरूपको चित्रण छ। जीवन काँडा कि फूल’ मा प्रस्तुत भएका अपाङ्गतासम्बन्धी दृष्टिकोणको विश्लेषण गर्दै अपाङ्गता व्यक्ति विशेषमा रहेको समस्या नभई सामाजिक कारणले निर्मित अवस्था हो भन्ने लेखकका विचारको विश्लेषण गर्नु यस लेखको उद्देश्य हो। यस कृतिमा अभिव्यक्त अपाङ्गता चेतनाको विश्लेषणका लागि अपाङ्गता सिद्धान्तको अध्ययनका विविध आयाममध्ये सामाजिक अपाङ्गता सिद्धान्तको उपयोग गरिएको छ। यस अध्ययनका लागि प्राथमिक र द्वितीयक सामग्री सङ्कलन गरिएको छ। यसको सामग्री विश्लेषण गुणात्मक पद्धतिमा आधारित छ, त्यसका लागि गुणात्मक विश्लेषण विधिको प्रयोग गरिएको छ। यसका लागि पूर्वकार्यको अध्ययनद्वारा सैद्धान्तिक ढाँचाको निर्माण गरी कृतिमा प्रस्तुत अपाङ्गता चेतनाका तथ्यहरूको पहिचान एवं विश्लेषण गरिएको छ।यस आत्मसंस्मरणात्मक कृतिमा फरक शारीरिक अवस्था सामान्य विषय भएको र सबै मानिसमा हुने मान्यताका साथै समाजले फरक शारीरिक वा मानसिक अवस्था भएका व्यक्तिलाई अपाङ्ग बनाउने काम गर्दछ भन्ने चिन्तन प्रस्तुत छ। यस कृतिमा अपाङ्गता तुलनात्मक रूपमा केही फरक अवस्थामा रहेका अल्पसङ्ख्यक मानिसलाई धेरै सङ्ख्यामा रहेका मानिसहरूले गर्ने दमन हो, र यो सामाजिक रूपमा शक्तिहीन तुल्याइएकाहरूमाथि शक्तिशालीहरूले गरेको राजनीति हो भन्ने विचार प्रस्तुत छ।यस अध्ययनबाट प्रस्तुत कृतिमा अपाङ्गता सामाजिक समस्या भएकाले यो समाज रूपान्तरणकै एक अभिन्न अङ्ग भएको र यसका लागि सचेत सामूहिक सङ्घर्ष आवश्यक रहेको चिन्तन व्यक्त भएको छ।

 

Abstract
283
PDF
0

Downloads

Published

2025-02-03

How to Cite

जीवन काँडा कि फूलमा अपाङ्गता चिन्तन. (2025). Vangmaya वाङ्मय, 21(1), 1-12. https://doi.org/10.3126/vangmaya.v21i1.74207

Issue

Section

Articles

How to Cite

जीवन काँडा कि फूलमा अपाङ्गता चिन्तन. (2025). Vangmaya वाङ्मय, 21(1), 1-12. https://doi.org/10.3126/vangmaya.v21i1.74207