युद्ध कथामा लैङ्‌गिक सीमान्तीयता

Authors

  • ईश्वरा Ishwora पौडेल Paudel

Keywords:

अधीनस्थता, दमन, पितृसत्ता, प्रतिनिधित्व, सीमान्तीयता

Abstract

प्रस्तुत लेखमा कथाकार माया ठकुरीद्वारा लिखित युद्ध’ कथालाई लैङ्गिक सीमान्तीयताको दृष्टिकोणबाट विश्लेषण गरिएको छ। कथाको अध्ययनका लागि सांस्कृतिक अध्ययनका विविध आयामहरूमध्ये विशेष रूपमा लैङ्गिक सीमान्तीयतासम्बन्धी सैद्धान्तिक मान्यताहरूलाई आधार मानिएको छ। सीमान्तीयता सांस्कृतिक अध्ययनको पछिल्लो चिन्तन हो, जसले शासित वा पीडित वर्गलाई जनाउँछ, जो शक्तिको पहुँचबाट टाढा रहन्छन्। यसको वर्गीय, जातीय, तथा लैङ्गिक रूपान्तरहरू हुन्छन्, जसमा पहिचान, प्रतिनिधित्व, र सीमान्तीय वर्गको प्रतिरोधी चेतनाको अध्ययनसमेत जोडिन्छ। प्रस्तुत लेखमा ‘युद्ध’ कथामा नारीको सीमान्तीय अवस्था र नारीमाथि भएको शोषणका विरुद्धको सङ्घर्षलाई केन्द्रमा राखी विश्लेषण गरिएको छ। पुस्तकालयीय स्रोतहरूको आधारमा तयार पारिएको यो लेख विवेच्य कथाका नारी पात्रहरूको सामाजिक अवस्था तथा उनीहरूद्वारा व्यक्त गरिएका प्रतिरोधी स्वरहरूको समीक्षात्मक अध्ययन हो। कथाले समाजमा विद्यमान पितृसत्ताको वर्चस्व, पुरुषप्रधान सोच, र त्यसअनुरूपको व्यवहारलाई उजागर गरेको छ। शिक्षित नारी पात्र पितृसत्तात्मक सोचको चपेटामा कसरी सीमान्तकृत बन्छिन् भन्ने पक्ष कथाले स्पष्ट रूपमा चित्रण गर्छ। साथै, समाजमा नारीमाथि गरिने चरम शोषण र उनीहरूलाई खेलौना ठान्ने प्रवृत्ति चरम सीमा पार गरेपछि उत्पन्न हुने सशक्त विरोधलाई कथाले सशक्त रूपमा प्रस्तुत गरेको छ। यसले पितृसत्ताले निर्माण गरेका सामाजिक नियमहरू र त्यसको संरक्षणमा पुरुषहरूले खेल्ने भूमिकालाई समेत प्रश्न गर्छ।

 

Abstract
113
PDF
0

Downloads

Published

2025-02-03

How to Cite

युद्ध कथामा लैङ्‌गिक सीमान्तीयता. (2025). Vangmaya वाङ्मय, 21(1), 13-24. https://doi.org/10.3126/vangmaya.v21i1.74209

Issue

Section

Articles

How to Cite

युद्ध कथामा लैङ्‌गिक सीमान्तीयता. (2025). Vangmaya वाङ्मय, 21(1), 13-24. https://doi.org/10.3126/vangmaya.v21i1.74209