तरुण-तपसी काव्यमा आध्यात्मिक पर्यावरण

Authors

  • एकनारायण Eknarayan पौड्याल Paudyal

Keywords:

आध्यात्मिक, प्रकृति, नव्यकाव्य, पर्यावरण, मानवतावाद

Abstract

प्रस्तुत लेख काव्यकार लेखनाथ पौड्यालद्वारा रचित काव्य तरुण–तपसी मा प्रयुक्त आध्यात्मिक पर्यावरणको अध्ययनमा केन्द्रित छ। प्राकृतिक वातावरणलाई आधार बनाएर गरिने अध्ययनलाई पर्यावरणीय अध्ययन भनिन्छ, र यस लेखमा अध्यात्मसँग जोडेर पर्यावरणको अध्ययन गरिएको छ। प्रकृतिसँग पर्यावरणको अविच्छिन्न सम्बन्ध रहेको तथा प्रकृतिलाई आध्यात्मिक दृष्टिले हेर्ने परिप्रेक्ष्यका कारण यस लेखमा अध्यात्म, प्रकृति, र पर्यावरण एकअर्कासँग अन्तरसम्बन्धित छन्। लेखनाथका अधिकांश रचनामा आध्यात्मिक चेत पाइन्छ, र तरुण–तपसी काव्यमा पनि आध्यात्मिक पक्षसँगै प्राकृतिक अवस्था प्रमुख विषयका रूपमा प्रस्तुत भएका छन्। यस काव्यमा प्रकृति संरक्षणको आवश्यकता प्रतिपादित भएकाले प्रस्तुत लेख तरुण–तपसी भित्रको आध्यात्मिक पर्यावरणको खोजमा केन्द्रित छ। गुणात्मक अध्ययन पद्धति अपनाइएको यस अनुसन्धानमा प्राथमिक तथा द्वितीयक सामग्रीको उपयोग गरिएको छ। साथै, सोद्देश्य नमुनाछनोट गरी व्याख्यात्मक तथा विश्लेषणात्मक विधिको प्रयोग गर्दै काव्यको पर्यावरणीय पक्षको गहन अन्वेषण गरिएको छ। अध्ययनका क्रममा तरुण–तपसी भित्र मानिस र प्राकृतिक पर्यावरणबीचको सम्बन्धलाई आध्यात्मिक परिप्रेक्ष्यमा जोडेर चित्रण गरिएको पाइन्छ। साथै, मानव क्रियाकलापका कारण मानवेतर प्राणी तथा प्रकृतिमाथि पर्ने नकारात्मक प्रभावलाई उजागर गरिएको छ। आध्यात्मिक पर्यावरणको दृष्टिले हेर्दा, यस काव्यमा रुखलाई तपसीका रूपमा चित्रण गरिएको छ, प्रकृतिलाई उदार तथा सबैका लागि साझा सम्पत्ति मानिएको छ, पक्षीहरूले मानवप्रति प्रश्न, बिलौना तथा व्यङ्ग्य प्रकट गरेका छन्, साथै वन्यप्रकृति, मानव र अन्य जीवजन्तुहरूबीच आपसी समन्वयको आवश्यकता प्रतिपादन गरिएको छ। पर्यावरणीय अवस्थाहरूलाई आध्यात्मिक पक्षसँग जोडेर सुन्दर ढंगले प्रस्तुत गरिएकाले काव्य थप प्रभावकारी बनेको छ। त्यसैले, आध्यात्मिक पर्यावरणको दृष्टिले तरुण–तपसी एक सफल एवं स्तरीय नव्यकाव्य रहेको निष्कर्ष निकालिएको छ।

 

Abstract
180
PDF
0

Downloads

Published

2025-02-03

How to Cite

तरुण-तपसी काव्यमा आध्यात्मिक पर्यावरण . (2025). Vangmaya वाङ्मय, 21(1), 25-36. https://doi.org/10.3126/vangmaya.v21i1.74210

Issue

Section

Articles

How to Cite

तरुण-तपसी काव्यमा आध्यात्मिक पर्यावरण . (2025). Vangmaya वाङ्मय, 21(1), 25-36. https://doi.org/10.3126/vangmaya.v21i1.74210