शरणार्थी उपन्यासमा निर्वासन चिन्तन

Authors

  • विन्दु Bindu शर्मा Sharma TU

Keywords:

निर्वासन, परिचयहीनता, पारराष्ट्रिय, पारसांस्कृतिक, विच्छेदन

Abstract

प्रस्तुत लेख कृष्ण धरावासीको ‘शरणार्थी’ उपन्यासमा अभिव्यक्त निर्वासन चेतना विश्लेषणमा आधारित छ । यसमा मूल समस्याको समाधानका लागि उपन्यासमा प्रकटित निर्वासन चिन्तनलाई विश्लेषण गर्न बलपूर्वक पात्रको विस्थापन, सीमापार सार्ने काम र पीडितलाई स्थायी रूपले लखेट्ने मनसाय जस्ता प्रतिमानको उपयोग गरिएको छ । प्रस्तुत लेखको सैद्धान्तिक ढाँचाको मूल आधार निर्वासन चिन्तनको अध्ययनअन्तर्गत एड्वार्ड डब्ल्यु सइदको ‘वर्चस्व और प्रतिरोध’ (२०१५) कृतिमा प्रस्तुत सिद्धान्त रहेको छ । निर्वासन चिन्तन शरणार्थी समस्यासँग सम्बन्धित अन्तर्राष्ट्रिय राजनीतिक विषय रहँदारहँदै पनि अन्तःविषयक समालोचना पद्धतिका रूपमा साहित्यले सहजै अङ्गीकार गरेको विषय हो । समालोचनाका क्षेत्रमा निर्वासन चिन्तन नश्लीय र धार्मिक चेतना विकसित समुदाय र त्यस्ता देशको आन्तरिक
द्वन्द्व तथा राज्यले लिएको विभेदकारी नीतिका कारणबाट जातीय, वैचारिक र धार्मिक अल्पसङ्ख्यक समुदायमा पर्ने विलोपनको प्रभाव र त्यसले निम्त्याएको परिचयहीनताको स्थितिका आधारमा कृतिको विश्लेषण गर्ने सिद्धान्त हो । यसले साहित्यिक पाठमा रहेका पात्रहरूको विस्थापन हुँदाका क्षण, शरण लिएको राज्यमा उनीहरूले गरिरहेको सङ्घर्ष, स्वदेश फिर्तीको आकाङ्क्षा, उनीहरूलाई देशबाट धपाउने राज्यको दीर्घकालीन रणनीति जस्ता पक्षहरूको खोजी गरी तिनको प्रयोजनपरक ढङ्गले विश्लेषण गर्ने काम गर्दछ । ‘शरणार्थी’ उपन्यासको विश्लेषणअन्तर्गगत यस आलेखमा बलपूर्वक नागरिकहरूको विस्थापन, उनीहरूलाई नेपालको सीमासम्म छोड्ने र पीडितलाई स्थायी रूपले देशबाट लखेट्ने मनसाय
विश्लेषणका माध्यमबाट निर्वासन चिन्तन पहिचान गरिएको छ । प्रस्तुत उपन्यासमा निर्वासनका तइभ्वहरूको संयोजन, निर्वासनका कारण एवम् त्यसको प्रभावबाट सिर्जित निर्वासन चिन्तनको प्रकटीकरणका लागि गरिएको आख्यानीकृत र संवेदनशील वर्णनात्मक अभिव्यक्तिबाट प्रस्तुत उपन्यास प्रभावकारी रहेको निष्कर्ष निकालिएको छ ।

Abstract
150
PDF
0

Downloads

Published

2025-02-03

How to Cite

शरणार्थी उपन्यासमा निर्वासन चिन्तन. (2025). Vangmaya वाङ्मय, 21(1), 83-94. https://doi.org/10.3126/vangmaya.v21i1.74238

Issue

Section

Articles

How to Cite

शरणार्थी उपन्यासमा निर्वासन चिन्तन. (2025). Vangmaya वाङ्मय, 21(1), 83-94. https://doi.org/10.3126/vangmaya.v21i1.74238