नेवार समाजमा गुठी परम्परा: एक प्रकार्यात्मक विवेचना {Guthi Tradition in the Newar Society: A Functional Approach}

Authors

  • ज्योति Jyoti तण्डुकार Tandukar

DOI:

https://doi.org/10.3126/voc.v9i1.49881

Keywords:

समाज samaj, संस्कृति Culture, गुठी guthi, नेवार Newar

Abstract

नेपालमा प्राचीन समयदेखि प्रचलित गुठी परम्परा नेपाली समाजलाई व्यवस्थितरुपमा सञ्चालन गर्न सहयोग पुर्याउने एउटा मौलिक संगठन हो । धार्मिक तथा सेवागत भावनाबाट प्रेरित भएर धार्मिक सामाजिक तथा सांस्कृतिक कार्यहरु सञ्चालन गर्न स्थापित गरिने गुठीको मुख्य उद्देश्य समाज कल्याण गर्नु हो । सामूहिक सहभागिता तथा सामूहिक विधि विधानमा आधारित गुठीव्यवस्थाको उद्देश्य तथा प्रकृतिअनुसार यो विभिन्न प्रकारको रहेको छ । यही गुठी परम्परा उपत्यकाका नेवार समुदायको जीवनपद्धतिको अभिन्न अंगको रुपमा रहेको छ । नेवारी गुठी अन्तरगत देवाली गुठी, सी गुठी लगायत अन्य सामुदायिक गुठीहरु छन् । जसको आ–आनै परम्परागत मूल्य मान्यता तथा सञ्चालनको प्रक्रिया रहेको हुन्छ । सबै प्रकारको गुठीको नेतृत्व  थकालीले गरेको हुन्छ भने अन्य पदअनुसार सबै सदस्यहरुले आ-आफ्नो जिम्मेवारी तथा अनुशासनको पालना गर्नु पर्दछ । गुठी परम्परामा विद्यमान यही सामाजिक नियमले सामाजिक बीचलनलाई रोक्न मद्दत गर्नुका साथै यसले पारस्परिक सहयोग तथा साझा मूल्यको धारणा विकसित गरेको हुन्छ । गुठीको माध्यमबाट नेवार समुदायले आ-आफ्नो धर्म संस्कृति कला परम्परा जात्रा, चाडपर्व, पूजासंस्कार आदि सञ्चालन गर्ने हुनाले यसबाट समुदायको धार्मिक, सामाजिक, सांस्कृतिक परम्परालाई निरन्तरता दिन, सम्वद्र्धन गर्न तथा समुदायलाई व्यवस्थित गरी जीवनको सार्थकता प्रदान गर्न गुठी परम्पराको प्रकार्यगत भूमिका रहेको हुन्छ । गुठी व्यवस्थाले अंगालेका यावत सामूहिक भावनाकै कारण यसले नेवार समुदायलाई मात्र नभई तमाम नेपाली समुदायलाई नै भावनात्मक रुपमा एकबद्ध गर्न  महत्वपुर्ण भूमिका निर्वाह गरेको छ ।

{The Guthi tradition which has been prevalent in Nepal since ancient times is a traditional social organization that helps Nepali society to operate in an organized manner. The main purpose of a Guthi is to conduct religious social and cultural activities inspired by the spirit of religious and service for social welfare. According to the purpose and nature of Guthi based on collective participation and collective rules it has different types. The Guthi tradition isan integral part of the Newar Community life in the Kathmandu Valley. Under the Newari Guthi there are Dewali Guthi, Si Guthi and other types of Community Guthi's which have their own traditional value recognition and operation process. All these types of Guthi are led by the thakali, while according to the other positions all the members must assume their responsibilities and follow the discipline. These social rules existing in the Guthi tradition help to prevent social deviation and develop a sense of mutual cooperation and shared values. Since the Newar community conducts its religion, culture, art, tradition, festivals, worship, ritual, etc through the Guthi, the functional role of the Guthi tradition is to promote and guarantee the continuity of the Community's religious social and cultural traditions that bind the Newar community and provide meaning to life.}

Downloads

Download data is not yet available.
Abstract
145
PDF
371

Downloads

Published

2022-11-28

How to Cite

तण्डुकार Tandukar ज. J. (2022). नेवार समाजमा गुठी परम्परा: एक प्रकार्यात्मक विवेचना {Guthi Tradition in the Newar Society: A Functional Approach}. Voice of Culture, 9(1), 78–89. https://doi.org/10.3126/voc.v9i1.49881

Issue

Section

Articles