छिमेकी कथाको समाजशास्त्रीय अध्ययन {A Sociological Study of Chhimeki Narratives}

Authors

  • प्रदीपप्रसाद Pradeepprasad ज्ञवाली Gyawali त्रिभुवन विश्वविद्यालय, बुटवल बहुमुखी, क्याम्पस, बुटवल

Keywords:

विविधतायुक्त, वंशाणुगत गुण, पर्यावरण, प्रजाति, ग्रामीण

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेखमा गुरुप्रसाद मैनालीको छिमेकी कथालाई पाठका रुपमा लिई समाजशास्त्रीय विश्लेषण गरेर उक्त कथामा रहेको अर्थ निक्र्योल गरिएको छ । यस कथामा रहेका प्रजाति, क्षण र पर्यावरण सम्बन्धी विभिन्न पक्षहरू पहिल्याउनु यस अध्ययनको प्रमुख उद्देश्य रहेको छ । यस लेखमा साहित्यको समाजशास्त्रका पिता एवं फ्रान्सेली समालोचक हिपोलाइट अडोल्फ टेनको प्रजाति, क्षण र पर्यावरण सम्बन्धी आधारभूत मान्यतालाई सैद्धान्तिक आधारका रुपमा लिई पाठगत विश्लेषण गरिएको छ । यस कथामा ब्राह्मण, भोटे, घर्ती, नेवार जस्ता विभिन्न प्रजातिका पात्रहरूको उपस्थिति रहेको देखिन्छ । लेखकले यस कथामा धर्मानन्द जस्ता खसआर्य प्रजातिका ब्राह्मणलाई पात्रका रुपमा उभ्याएर तिनका स्वभाव, वंशाणुगत गुण तथा भाषिक विशेषताको चित्रण गरेको पाइन्छ । यस कथामा क्षणका रुपमा असार महिनादेखि भदौका आधाआधीसम्मका घटनाहरूको वर्णन गरिएको छ भने दिउँसोको टन्टलापुर घाम, ज्यामिरे बेँसीको फाँट, रोपाइँ चलिरहेको अवस्था, चौतारो, कुलो, कुलोमुनि आसामरु साहूको हिउँदे पसल, रमाइलो ठाउँ, साँझ परेपछि, मिर्मिरे उज्यालो जस्ता समय जनाउने पदपदावलीको प्रयोग गरेर एउटा बृहत् प्राकृतिक परिवेशको निर्माण गरिएको पाइन्छ । यसमा ग्रामीण परिवेशको चित्रण प्रचुर मात्रामा भएको पाइन्छ । भौगोलिक संरचना तथा प्राकृतिक स्थिति प्रतिकूल हुनाका कारण यस कथामा मानिसका दुख, कष्ट र पीडाको चित्रण गरिएको पाइन्छ साथै यस कथामा पर्यावरणका रुपमा वर्गीय विविधतायुक्त सामाजिक परिवेश रहेको छ भन्ने कुरालाई सशक्त रूपमा चित्रण गरिएको छ ।

Abstract
350
PDF
0

Author Biography

प्रदीपप्रसाद Pradeepprasad ज्ञवाली Gyawali, त्रिभुवन विश्वविद्यालय, बुटवल बहुमुखी, क्याम्पस, बुटवल

उपप्राध्यापक

Downloads

Published

2023-08-31

How to Cite

छिमेकी कथाको समाजशास्त्रीय अध्ययन {A Sociological Study of Chhimeki Narratives}. (2023). Voice: A Biannual & Bilingual Journal, 15(1), 92-98. https://doi.org/10.3126/voice.v15i1.58073

Issue

Section

Articles

How to Cite

छिमेकी कथाको समाजशास्त्रीय अध्ययन {A Sociological Study of Chhimeki Narratives}. (2023). Voice: A Biannual & Bilingual Journal, 15(1), 92-98. https://doi.org/10.3126/voice.v15i1.58073