रिब्दीकोट क्षेत्रमा प्रचलित फागुगीतकोे वस्तुविधान

Authors

  • प्रदीपप्रसाद ज्ञवाली बुटवल बहुमुखी, क्याम्पस, बुटवल, त्रि.वि.

Keywords:

अवस्थिति, भक्तिमार्ग, भावभूमि, राष्ट्रियता, हर्षभाव

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेखमा पाल्पा जिल्लाको रिब्दीकोट क्षेत्रमा प्रचलित फागुगीतहरूको संरचनात्मक अध्ययन पद्धतिका माध्ययमबाट यी गीतको वस्तुविधानको निरुपण गरिएको छ । रिब्दीकोट क्षेत्रमा प्रचलित फागुगीतहरूमा सामाजिक, ऐतिहासिक, भौगोलिक, धार्मिक, सांस्कृतिक एवं पौराणिक विषयवस्तु समाविष्ट भएको पाइन्छ । यी फागुगीतमा समाविष्ट विभिन्न विषयवस्तुका माध्यमबाट हर्ष र खुसियाली, विरह र वेदना, राष्ट्रप्रेमको भावना, धार्मिक एवं सांस्कृतिक चेतना, पाप र पुण्यसम्बन्धी विश्वास, मानव जीवनको महिमा गान तथा भौगोलिक र ऐतिहासिक चेतना मुखरित भएको पाइन्छ । यहाँ प्रचलित फागुगीतमा विशेषगरी विरह र वेदना एवं हर्षभावको अभिव्यक्ति पाइनुका साथै यी गीतले ईश्वर भक्तिको भावलाई उजागर गरी ईश्वरीय शक्तिको महिमा र यस संसारको पालन तथा संरक्षणमा ईश्वर वा दैवी शक्तिको भूमिकालाई प्रस्तुत गरेका छन् । यी धार्मिक गीतहरूको भावभूमि धर्म वा संस्कारजन्य कुरा र तिनको अर्थ तथा भक्तिमार्गसँग जोडिएको छ । यहाँ प्रचलित फागुगीतमा प्रखर रूपमा राष्ट्रियताको भावना प्रस्तुत भएको पाइन्छ । स्वर्गजस्तो सुन्दर नेपाल राष्ट्रको मुहार फेर्न र मातृभूमिलाई हँसाउन विदेशिएका युवाहरू स्वदेशमै फर्किएर यसलाई स्वाधीन बनाउनु पर्ने कुराको अभिव्यक्ति रहेको पाइन्छ भने भौगोलिक र ऐतिहासिक फागुगीतमा पाल्पा जिल्लाको भौगोलिक अवस्थितिको चित्रण गर्नुका साथै सेन वंशीय राजाले राजधानी बनाई राज्य गरेको पुरानोकोट दरबार अनि त्यसको नजिकै भैरवस्थानमा अवस्थित एसियाको सबै भन्दा ठुलो त्रिशुल भएको भैरवको मन्दिर, पाल्पाको सदरमुकाममा रहेको दरबार र त्यसको ठुलो ढोका तथा नेपालको ताजमहल भनेर चिनिने कालीगण्डकीको किनारमा रहेको रानीमहलको महिमागान गरी देशप्रेमको भावना अभिव्यक्त गरेको पाइन्छ ।

Abstract
292
PDF
0

Author Biography

प्रदीपप्रसाद ज्ञवाली, बुटवल बहुमुखी, क्याम्पस, बुटवल, त्रि.वि.

उपप्राध्यापक

Downloads

Published

2023-12-31

How to Cite

रिब्दीकोट क्षेत्रमा प्रचलित फागुगीतकोे वस्तुविधान. (2023). Voice: A Biannual & Bilingual Journal, 15(2), 113-124. https://doi.org/10.3126/voice.v15i2.61455

Issue

Section

Articles

How to Cite

रिब्दीकोट क्षेत्रमा प्रचलित फागुगीतकोे वस्तुविधान. (2023). Voice: A Biannual & Bilingual Journal, 15(2), 113-124. https://doi.org/10.3126/voice.v15i2.61455