यातायात साहित्यको विषयवस्तु, भाव र भाषाशैलीको अध्ययन

Authors

  • हरि प्रसाद तिमिल्सिना तिमिल्सिना त्रिभुवन विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्ज, बाँके

Keywords:

यातायात, ट्रक, नेपाल, सङ्घर्ष, भरोसा

Abstract

प्रस्तुत आलेख ट्रक, बस, हाइस, लरी, जिपकार तथा डेलिभरी भ्यानजस्ता सडकयातायातका साधनहरूमा नेपाली भाषामा लेखिएका लेख्य सामग्रीहरूको विषयवस्तु, भाव र भाषाशैलीको अध्ययनमा आधारित छ । नेपालको सडक यातायातमा प्रयोग हुने विभिन्न यातायातका साधनहरूमा साहित्यिक देशभक्ति, जीवनसङ्घर्ष, अभाव, अशिक्षा, मायाप्रेम, ऐतिहासिक वीरतागाथा आदि विषयसित सम्बन्धित छोटो छोटा गद्य वा पद्यमा लेखिएका सामग्रीहरूले पाठकहरूलाई विशिष्ट प्रभाव पार्ने गरेका छन् । यस्ता सामग्रीहरूको औपचारिक अध्ययन अनुसन्धान वा सोधखोज
न्यून मात्रामा मात्र भएको छ । एक दुई जना व्यक्तिहरूले ट्रकसाहित्यका रुपमा लेख प्रकाशित गरेको पाइन्छ । यातायातका साधनहरूमा विभिन्न व्यक्तिहरूका कविताका पङ्क्तिहरू, वैचारिक अभिव्यक्तिहरू र उखानटुक्कासमेतको
उल्लेख भएको छ । यस्ता लिखित अभिव्यक्तिहरू सवारीसाधनहरूमा केकस्ता विषयवस्तुका रुपमा आएका छन्, तिनले दिने वैचारिक सन्देश वा मूलभाव केकस्तो रहेको छ ? त्यस्ता सामग्रीले केकस्तो सन्देश दिएका छन् भन्ने समस्या पहिचान गरी विश्लेषण गर्ने उद्देश्य यस आलेखको रहेको छ ।
यस आलेखमा लेखकले २०८१ चैत्र २५ गते नेपालगन्ज काठमाडौँ हाइसमा जाँदा सडकमा गुडिरहेका यातायातका साधनमा लेखिएका सामग्रीहरूको तस्बिर लिने र तस्बिर लिन सम्भव नभएका तर पढ्न भ्याइएका सामग्रीहरू तत्काल नोट गरी सामग्री सङ्कलन गरिएको र यिनै प्राथमिक सामग्रीलाई प्रयोग गरी समष्टिगत गुणात्मक पद्धतिका आधारमा अध्ययन गरी विषयवस्तु, भाव वा सन्देश र भाषाशैलीको अध्ययन गरी निष्कर्ष निकालिएका छ ।

Abstract
72
PDF (Nepali)
0

Downloads

Published

2025-09-26

How to Cite

यातायात साहित्यको विषयवस्तु, भाव र भाषाशैलीको अध्ययन. (2025). Voice: A Biannual & Bilingual Journal, 17(1), 145-158. https://doi.org/10.3126/voice.v17i1.84784

Issue

Section

Articles

How to Cite

यातायात साहित्यको विषयवस्तु, भाव र भाषाशैलीको अध्ययन. (2025). Voice: A Biannual & Bilingual Journal, 17(1), 145-158. https://doi.org/10.3126/voice.v17i1.84784