यातायात साहित्यको विषयवस्तु, भाव र भाषाशैलीको अध्ययन
DOI:
https://doi.org/10.3126/voice.v17i1.84784Keywords:
यातायात, ट्रक, नेपाल, सङ्घर्ष, भरोसाAbstract
प्रस्तुत आलेख ट्रक, बस, हाइस, लरी, जिपकार तथा डेलिभरी भ्यानजस्ता सडकयातायातका साधनहरूमा नेपाली भाषामा लेखिएका लेख्य सामग्रीहरूको विषयवस्तु, भाव र भाषाशैलीको अध्ययनमा आधारित छ । नेपालको सडक यातायातमा प्रयोग हुने विभिन्न यातायातका साधनहरूमा साहित्यिक देशभक्ति, जीवनसङ्घर्ष, अभाव, अशिक्षा, मायाप्रेम, ऐतिहासिक वीरतागाथा आदि विषयसित सम्बन्धित छोटो छोटा गद्य वा पद्यमा लेखिएका सामग्रीहरूले पाठकहरूलाई विशिष्ट प्रभाव पार्ने गरेका छन् । यस्ता सामग्रीहरूको औपचारिक अध्ययन अनुसन्धान वा सोधखोज
न्यून मात्रामा मात्र भएको छ । एक दुई जना व्यक्तिहरूले ट्रकसाहित्यका रुपमा लेख प्रकाशित गरेको पाइन्छ । यातायातका साधनहरूमा विभिन्न व्यक्तिहरूका कविताका पङ्क्तिहरू, वैचारिक अभिव्यक्तिहरू र उखानटुक्कासमेतको
उल्लेख भएको छ । यस्ता लिखित अभिव्यक्तिहरू सवारीसाधनहरूमा केकस्ता विषयवस्तुका रुपमा आएका छन्, तिनले दिने वैचारिक सन्देश वा मूलभाव केकस्तो रहेको छ ? त्यस्ता सामग्रीले केकस्तो सन्देश दिएका छन् भन्ने समस्या पहिचान गरी विश्लेषण गर्ने उद्देश्य यस आलेखको रहेको छ ।
यस आलेखमा लेखकले २०८१ चैत्र २५ गते नेपालगन्ज काठमाडौँ हाइसमा जाँदा सडकमा गुडिरहेका यातायातका साधनमा लेखिएका सामग्रीहरूको तस्बिर लिने र तस्बिर लिन सम्भव नभएका तर पढ्न भ्याइएका सामग्रीहरू तत्काल नोट गरी सामग्री सङ्कलन गरिएको र यिनै प्राथमिक सामग्रीलाई प्रयोग गरी समष्टिगत गुणात्मक पद्धतिका आधारमा अध्ययन गरी विषयवस्तु, भाव वा सन्देश र भाषाशैलीको अध्ययन गरी निष्कर्ष निकालिएका छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 Author

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
CC BY-NC: This license allows reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.