कैयौँ एकहरू कवितासङ्ग्रह ः एक अध्ययन

Authors

  • मीना कुमारी बराल त्रिभुवन विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्ज, बाँके

Keywords:

ध्यान, बौजु, सिद्धान्त, मुर्दावाद, कित्ताकाट

Abstract

कैयौँ एकहरू कवितासङ्ग्रहमा ४४ वटा कविताहरू सङ्गृहीत छन् । अङ्ग्रेजी र तालिम तथा विकास विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका भीमप्रसाद तिमिल्सिना (भीम प्रज्वल) को प्रस्तुत कृतिमा शीर्षकसंरचना, विषयवस्तु, मूलभाव, लय, भाषाशैली र विम्बप्रतीक अलङ्कार जस्ता उपकरणहरू केकस्तो रुपमा प्रयोग भएका छन् भन्ने अध्ययन यस
आलेखमा गरिएको छ । कविले सङ्ग्रहभित्र आपूmले देखेभोगेका विभिन्न विषयवस्तुका माध्यमबाट मानसिक तथा
शारीरिक स्वास्थ्य, वर्तमान समयमा विकृतिविसङ्गति, बेथिति, पेसाप्रतिका गैह्रजिम्मेवारी, कुलत तथा विचार र व्यवहारमा भिन्नता, भाषिक तथा सांस्कृतिक आञ्चलिकता, राजनीतिक, आर्थिक असमानता आदि विषयवस्तुमा प्रयोगवादी शैलीशिल्प एवं संवादात्मकशैलीसमेतको प्रयोग गरी गम्भीर विचार सम्प्रेषण गर्दै सामाजिक, आर्थिक,
राजनीतिक विकृतिविसङ्गतिप्रति व्यङ्ग्य गर्दै सुधारको आग्रह गरिएको निष्कर्ष यस अध्ययनमा निकालिएको छ ।

Abstract
69
PDF (Nepali)
0

Downloads

Published

2025-09-26

How to Cite

कैयौँ एकहरू कवितासङ्ग्रह ः एक अध्ययन. (2025). Voice: A Biannual & Bilingual Journal, 17(1), 167-176. https://doi.org/10.3126/voice.v17i1.84788

Issue

Section

Articles

How to Cite

कैयौँ एकहरू कवितासङ्ग्रह ः एक अध्ययन. (2025). Voice: A Biannual & Bilingual Journal, 17(1), 167-176. https://doi.org/10.3126/voice.v17i1.84788