नेपालमा जनसंख्या बृद्धि र सामाजिक विकासः एक अध्ययन {Population Growth and Social Development in Nepal: A Study}

Authors

  • गोपीकृष्ण Gopikrishna पाण्डे Pandey पद्मकन्या बहुमुखी क्याम्पस Padma Kanya Multiple Campus, TU

DOI:

https://doi.org/10.3126/vot.v7i01.51041

Keywords:

जनसंख्या बृद्धि, सामाजिक विकास, भौगोलिक क्षेत्र, जनघनत्व, शिक्षा, स्वास्थय एंव सरसफाई

Abstract

प्रस्तुत लेखकले नेपालमा जनसंख्या बृद्धिलाई सामाजिक विकाससँग जोडेर अध्ययान गर्ने प्रयास गरेको पाईन्छ । धेरै जनसंख्या बृद्धि आर्थिक विकासको बाधा हो । जनसंख्या बृद्धिले गर्दा राज्यलाई रोजगारीको अवस्था, साक्षरताको बृद्धि एंव सामाजिक पूर्वाधारका तथ्यहरुको पूर्ति गर्न गाह्रो पर्न जान्छ । धेरै बजेटको जोहो गर्न आवश्यक पर्छ । विकास एउटा सकारात्मक संरचनात्मक परिवर्तनरुप हो । त्यसैले सयुक्त राष्ट्र संघको वडा पत्र अनुसार विकासले मानिसको भौतिक संरचनासँगमात्र होइन सामाजिक, संस्कृतिक तथा संस्थागत बृद्धि पनि हो l यो अध्ययान विशेष गरेर वर्णात्मक एंव द्धितीयक तथ्याङ्गमा आधारित छ । यसमा जनसंख्या बृद्धिको स्थितिलाई प्राप्ति गर्नको लागि सन् १९५२ र ०५४ देखि सन् २०२१ को प्रारम्भिक जनगणना एवं सर्वेक्षणलाई आधार बनाइएको छ । साथै सामाजिक विकासका आधारहरु प्राप्त गर्न पलश प्रतिवेदन, पपुलेशन, मोनोग्राफ आदि मुख्य छन् । यस अध्ययानमा जनसंख्या स्थिति, भौगोलिक एवं क्षेत्रिय वितरणको संघर्षमा गरिएको छ । यस अनुसन्धानमा जनसंख्या बृद्धिले नेपालमा खाद्यययानको कमि हुनुको सन्र्दभमा पनि जोडेर अध्ययान गरिएको छ । सरकारले यि विकासका समस्याहरुलाई संम्बोधन कसरी गरिरहेको छ त्यो कुराबहसको विषय बन्न सक्छ । जनसंख्या बृद्धिले कृषि योग्य जमिन खण्डीकरण हुदै भवन बस्ती एवं उद्योगहरुको स्थापनाले गर्दा कृषक हरुको मौसमी रोजगार घट्दै जाने र कृषि उत्पादन पनि कम भईरएको छ । वर्तमान समयमा देशमा के कसरी जनसंख्या बृद्धि कुन कुन प्रदे्श एवं भौगोलिक क्षेत्रमा भइरहेको छ । सोहि अनुसार सामाजिक विकासका आधारभूत तत्वहरु जनतासामु कति पुगेका छन् भनेर जान्नको लागि पनि यो लेखबाट सहयोग पुग्ने अपेक्षा राखिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
34
PDF
634

Author Biography

गोपीकृष्ण Gopikrishna पाण्डे Pandey, पद्मकन्या बहुमुखी क्याम्पस Padma Kanya Multiple Campus, TU

सह प्राध्यापक, भुगोल विभाग

Downloads

Published

2022-12-24

How to Cite

पाण्डे Pandey ग. G. (2022). नेपालमा जनसंख्या बृद्धि र सामाजिक विकासः एक अध्ययन {Population Growth and Social Development in Nepal: A Study}. Voice of Teacher, 7(01), 155–170. https://doi.org/10.3126/vot.v7i01.51041

Issue

Section

Articles